Chandra Singh Shrestha

निर्वाचनपछिको स्थानीय सरकारले सम्पादन गर्नुपर्ने कार्यहरु

स्थानीय सरकारप्रति नागरिकको तुलनात्मक रुपमा बढी अपेक्षा हुने भएकाले कार्य सम्पादन र व्यवस्थापनलाई थप प्रभावकारी हुनुपर्छ। यस आलेखमा स्थानीय सरकारले कार्य सम्पादन गर्दा गर्नुपर्ने कार्यहरु मध्ये केही विषयमा स्पष्ट पार्ने कोसिस गरिएको छ ।

More ..

५ वर्षमा भूमे गाउँपालिकामा शून्य उजुरी

चैत्र २०, २०७८ हरि गौतम रुकुम पूर्व — स्थानीय तहमा हरेक योजना तथा विभिन्न नीति, नियम, कानुन कार्यान्वयनका सन्दर्भमा उजुरी परिरहेका छन् । तर रुकुम पूर्वको एक स्थानीय तहमा भने ५ वर्षको अवधिमा एउटा पनि उजुरी परेको छैन । भूमे गाउँपालिका कार्यान्वयनमा आएको ५ वर्ष पूरा भएको छ । तर यस गाउँपालिकामा हालसम्म एउटा पनि उजुरी परेको छैन ।…

More ..

कोभिड १९ आगमन र संक्रमण अनुभूति

सारा दुनियालाई आच्छु-आच्छु पारेको कोभिड-१९ (कोरोना भाइरस) ले २०७६ सालको माघदेखि नेपाललाई पनि सताइरहेको छ । सुरूका दिनमा आतङ्क बढी भएर हाम्रा दैनिक क्रियाकलापहरु प्रभावित भए । हामीले क्रमशः के – के गर्ने भनेर खास निर्णय लिन नै कठिन भयो । अवस्था नै त्यस्तै थियो – कहाँदेखि सुरु गर्ने ? कोही क्वारेन्टाइन भन्थे त कोही…

More ..

सरकारी कार्यालयहरुमा साइबर सुरक्षा

सारांश सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, प्रभावकारी र सरल बनाउन कम्प्यूटर र सूचना प्रविधि अर्थात साइबर प्रविधिको महत्वपूर्ण स्थान हुने गर्दछ। कम्प्यूटर र यसको नेटवर्कमा आधारित रहेर काम गर्न जति सजिलो र प्रभावकारी हुन्छ त्यति नै त्यसको सुरक्षा संवेदनशीलता व्यवस्थापनमा कठीन र चुनौतिपूर्ण हुन्छ। अझ साइबर प्रविधिमा आधारित साधनमा परनिर्भर नेपाल जस्तो मुलुकका लागि सरकारी…

More ..

गाउँ खरदरी प्रथा

रुकुम (पूर्वी भाग) जिल्लाको अधिकांश गाउँहरुमा वर्षायाममा गाउँ ठाउँ अनुसारको खरदरी समिति बढी सक्रिय हुन्छ, जसलाई प्रथाकै रुपमा स्वीकार पनि गरिएको छ । गाउँलाई व्यवस्थित गर्न, सबैलाई एउटै मापदण्ड र नियमभित्र बाँध्न, गाउँ कोष (साझा कोष) बढाउन, प्राकृतिक साधन स्रोतको संरक्षण र न्यायपूर्ण वितरण गर्न पुर्खौंदेखि गाउँ ठाउँ अनुसारको खरदरी चलनले प्रथाकै रुप लिएको कुरा…

More ..
Top