मौसम बदली भई अधिकांश क्षेत्रमा आम सर्वसाधारणको दैनिक जीवनयापन कष्टकर बन्न थालेको छ । जाडोयाममा वस्तुभाउलाई घाँसको जोहो, चिसोबाट बच्न न्यानो लुगाको व्यवस्था, दाउरा तथा इन्धनको पूर्व व्यवस्था गर्नुपर्ने आवश्यकता खड्किएको छ ।
Read moreभूमे गाउँपालिकामा खरदरी प्रचलन

चन्द्रसिंह श्रेष्ठ
रुकुम (पूर्वी भाग) जिल्लाको अधिकांश गाउँहरुमा वर्षायाममा गाउँ ठाउँ अनुसारको खरदरी समिति बढी सक्रिय हुन्छ, जसलाई प्रथाकै रुपमा स्वीकार पनि गरिएको छ । गाउँलाई व्यवस्थित गर्न, सबैलाई एउटै मापदण्ड र नियमभित्र बाँध्न, गाउँ कोष (साझा कोष) बढाउन, प्राकृतिक साधन स्रोतको संरक्षण र न्यायपूर्ण वितरण गर्न पुर्खौंदेखि गाउँ ठाउँ अनुसारको खरदरी चलनले प्रथाकै रुप लिएको कुरा स्थानीय बयोवृद्धहरुबाट बुझ्न सकिन्छ ।
Read moreगजल
साथी, तिमी मलाई सधैं, खुशीका ती खात दिन्छौ
अप्ठ्यारोमा ढल्दा पनि, समाउने हात दिन्छौ ।
कहिलेकाहीँ तिमीबाट, टाढा हुँदा दुःखी हुन्छु
र त तिमी फर्की फेरि, मलाई आफ्नो विस्मात दिन्छौ ।
Read moreहाइकू
बिहानी छायो
पुथा र सिस्ने हाँसे
भूमे रमायो ।
कमल फूल्यो
तालचरी डुब्न थाले
सूर्य निदाए
परेवा उड्यो
नीलो आकाशमाथि
पुष्प वर्षा झैं ।
चिऽसो सिरेटो
अजनवी बचेरा
गुँड पस्यो कि !
खाली पेटमा
झारेपाते आहारा
डकार ढुस्स
नेपाली झण्डा
सुरबीर जनता
यो गणतन्त्र
घरेलु हिंसा र लैङ्गिक हिंसा न्यूनिकरणमा सरोकारवालाको भूमिका
घरेलु हिंसा र लैङ्गिक हिंसाः
परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा घरेलु हिंसा हो। घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ ले ‘‘घरेलु हिंसा” भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ ………….. ।[i] भनी परिभाषित गरेको छ । विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन । घरेलु हिंसा भोगिरहेका मनिसले शारीरिक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ । नेपालको सन्दर्भमा घरेलु हिंसासम्बन्धी सबै घटनाहरु प्रकाशन तथा तथ्याङ्कमा नआउने तर आन्तरिक रुपमा विकराल रहेको छ । यसर्थ परिवारका कुनै सदस्यले अन्य वा अर्को कुनै सदस्यमाथि दिने शारीरिक यातना, मानसिक यातना, यौनजन्य यातना, आर्थिक यातना जस्ता कुनै पनि व्यक्तिको इच्छाविपरितका सजाय तथा यातना समेत घरेलु हिंसाको परिभाषाभित्र पर्दछ । उक्त ऐनले शारीरिक यातना, मानसिक यातना, यौनजन्य यातना, आर्थिक यातनाको छुट्टाछुट्टै परिभाषा गरेको छ । जस अनुसारः[1]
Read more