हाइकु

स्वप्न बगैँचा
पारिजातकाे फूल
राति फुलेछ ।

(सुन्दर र असल कामहरुले प्रचार र क्रेडिट खोज्दैनन्, सीर्फ आफ्नो धर्म निभाउँछन जसरी सुगन्धित सुन्दर पारिजात फूल बिहानीको सूर्यको किरण पर्नु अगावै भुइँमा झर्छन्)

छेपारो रोयो
सूर्यमुखी फक्रियो
राति जाग्राम ।

(हाम्रो प्रवृत्ति छेपारोको कथा जस्तै भोलिवादले परिवर्तन र सफलतालाई अवरोध गरेको छ)

कछुवा हाँस्यो
पोखरीमा पौडियो
पानीको दुःख ।

२०७९/१०/१४

चिसो सिरेटो
अजनवी बचेरा
बास बस्यो कि !
26 Jan. 2017

मोदीको यात्रा
मित्रता दिवसमा
साउने सोम
4 Aug 2014

बस बचेरी
गौथलीको गुँडमा
धरती माथि
Happy Mother’s day. Missing you mom!
29 Apr. 2014

बैशालु पानी
छहरामूनि फूल
भमरा मख्ख !

26 Apr. 2014

(चन्द्र ज्योति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Top