लखरी मन

लखरी मन, कहिले हाँस्छ,कहिले रुन्छ,यसको कुनै ठेगान छैन,कति बेला के गर्ने हो !कहिले चङ्गा जस्तै उड्छ ।कहिले धागो झैं चुड्छ,छिनमै विस्मात, छिनमै निरसकुनै टुङ्गो छैन यसको ।। कहिले बज्र सहेर फर्किन्छ,बेसर्म नग्न उफ्रन्छ,कतै ठोकिन्छ कतै रोकिन्छ,सिसाझैं चर्किन्छ, थर्किन्छ । अनि,अनि थाक्छ यो मनफाट्छ यो मन, नजोडिने गरी ।फेरि सोच्न थाल्छःमनलाई सिउने सियो छैन?फुटेको सिसा जोडिदैन…

More ..

तिमी

तिमी,तिमी मुस्कुराउँदा,मेरो मष्कट ठडिन्छ, मनभित्र गंगा छल्किन्छनशा नशामा साहस दौडिन्छ, धैर्य टल्किन्छ ।टल्किन्छन् नयन, उफ्रिन्छन् स्फूर्ति र उमङ्गहरुछाति धक्क फुलेर आउँछ, भरिन्छन् इन्द्रेणीका रङहरुखुशीका ती रङहरुले भरिदिन्छन् अदम्य साहसहरु,छचल्किन्छन् यौवनका लीला र अतृप्त मायाका प्यासहरुप्यासी आशा, चाहना, दिवाना तिमी आफैं बुझ प्रियमायाको शक्ति कति हुन्छ भन्ने कुरा बुझ्नतिमी फै मायाको सागरमा डुबेर हेर न प्रिय…

More ..