
तिमी
तिमी,तिमी मुस्कुराउँदा,मेरो मष्कट ठडिन्छ, मनभित्र गंगा छल्किन्छनशा नशामा साहस दौडिन्छ, धैर्य टल्किन्छ ।टल्किन्छन् नयन, उफ्रिन्छन् स्फूर्ति र उमङ्गहरुछाति धक्क फुलेर आउँछ, भरिन्छन् इन्द्रेणीका रङहरुखुशीका ती रङहरुले भरिदिन्छन् अदम्य साहसहरु,छचल्किन्छन् यौवनका लीला र अतृप्त मायाका प्यासहरुप्यासी आशा, चाहना, दिवाना तिमी आफैं बुझ प्रियमायाको शक्ति कति हुन्छ भन्ने कुरा बुझ्नतिमी फै मायाको सागरमा डुबेर हेर न प्रिय…