पागलपन १: योजना प्रणाली र प्राथमिकता परिवर्तन

नेपालको हालको योजना प्रणाली रुपमा राष्ट्रिय योजना आयोगको नेतृत्व र सारमा अर्थ मन्त्रालय लगायत विकासे मन्त्रालयको तजविजीमा Overall भन्दा पनि सबैलाई खुशी गराउने गरी Sectoral भित्र पनि तह तहका Sector मा आधारित नीति, बजेट विनियोजन र कार्यान्वयनमा आधारित छ।

लामो समयको अभ्यासबाट नाइके नागरिकहरुलाई बुझाउन सकिएको पनि छैन जसले गर्दा पपुलिस्ट मोडेलको योजना कार्यान्वयनमा जानुपरेको छ। राष्ट्रिय योजनाको अगुवाईमा बनेको आवधिक योजना एकातिर बजेट तथा कार्यक्रम अर्कैतिर हुँदा हुँदा बजेट कार्यक्रमभन्दा अर्कैतिर कार्यान्वयन गर्ने परिपाटी छ। साना साना खुद्रे आयोजना सबैतिर एकैपटक सञ्चालन हुँदा प्रशासनिक प्रक्रियागत लागतमा बृद्धि, पुँजिगत लागत कम, प्राविधिक तथा मानवीय जनशक्ति अभावमा खर्च गर्नै नसक्ने अवस्था लगायतका विविध कारणले आयोजनाहरु रुग्ण भइरहेका छन् । प्रदेश र स्थानीय तहले पनि त्यही सिको गरेर अलपत्र रुग्ण आयोजना बढाउने कार्यमा सहयोग भइरहेको छ।

अब के गर्ने त ?

  • योजना प्रणालीको मोडेल Sectoral बाट Integrated मा जाने । सबै गाउँ गाउँमा एकैपटक विकास नगर्ने । नाइके नागरिक रिसाउने रहेछन् भने रिसाउन दिने । अर्को चुनाव हारिन्छ भने बरु हार्ने । भविष्य राम्रो हुने सुनिश्चित छ भने यो पुस्ताले समर्पण गर्ने (हाम्रा बा पुस्ताले राजनीतिक परिवर्तनको नाममा थाहै नपाई त्याग समर्पण गरे भने हाम्रो पुस्ताले थाहा पाएर विकास परिवर्तनको नाममा किन समर्पण नगर्ने ?) तर, नेपाललाई एउटा क्षेत्र मानेर विशेष क्षेत्रगत रुपमा Special Potential Area पहिचान गरी क्रमशः कार्यान्वयन गर्दै जाने रणनीति बनाउने ।
  • Game Changer Project लाई पुँजी, प्रविधि, जनशक्ति लगायतको स्रोतसाधन पूर्ण बनाउने । (उदाहरणका लागि अहिले हाम्रो लागि दक्षिण एसियाकै ठूलो विमानस्थल पो बनाउन सकिन्छ कि ?, उच्च पहाडी भाग पठारहरुमा ठूलो डिजिटल डाटा सेन्टर पो बनाउन सकिन्छ कि ? डिजिटल इन्नोभेसन सेन्टर…. विशेष खेलकूद स्टेडियम….. यस्तै अरु पनि केही हुन सक्छन्)
  • उक्त क्षेत्रमा विकास सङ्कटकाल घोषणा गर्ने, विशेष कानुन लागू गर्ने । (हालको सियोदेखि हवाईजहाज खरिद गर्नै एउटै कानुनले यो काम सम्भव छैन । विषयगत र अधिकारमा आधारित कानुन पनि विकासका बाधक हुन्)
  • कम्तिमा तीन सिफ्ट काम सञ्चालन हुने गरी २४ सै घण्टा Project Run गर्ने । (दिनको ८ घण्टे कामले प्रोजेक्ट ढिला हुन्छ) MileStone अनुसारको प्रगति सोही अवधिमै जे जसरी हुन्छ सम्पन्न गर्ने वातावरण मिलाउने ।
  • असल नियतबाट भएका सानातिना गल्तीलाई स्वीकार गरी सुधारको प्रोत्साहन गर्ने व्यवस्था नीतिगत कानूनी व्यवस्था गर्ने (जस्ले काम गर्छ गल्ती उसैबाट हुन्छ, कामै नगरे गल्ती नै हुँदैन)
  • प्रोजेक्टको डिजाइनदेखि निर्माण र सञ्चालनसम्म संलग्न सबैलाई कठोर कानूनी सजाय सहितको जिम्मेवार बनाउने । (डिजाइनदेखि सञ्चालनसम्म सबैले राम्रो गर्नैपर्ने बाध्य बनाउन)
  • प्रोजेक्टको मुख्य लगानीकर्ता बाहेक सम्भव भएसम्म हरेक नागरिकलाई सेयर सुविधा दिने। (प्रोजेक्टको महत्व बारे नागरिकलाई थाहा हुन्छ र अपनत्व पनि हुन्छ)

#सकारात्मक_पागल (पा-उन (सफलता)का लागि ग-तिशिल ल-क्ष्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *