हुँदैछ ‘वेब ठेगाना’को अभाव

wave

उत्तर अमेरिकामा अब केवल ३४ लाख इन्टरनेट ठेगाना मात्र बाँकी छन् र आउँदो गृष्मयाममा यी बाँकी वेब ठेगाना पनि प्रयोगमा आइसकेर सिद्धिनेछन् । वालस्टि्रट जर्नका अनुसार वेब ठेगानाको कोटा सकिनै लागेको यो अवस्थामा अब इन्टरनेट व्यवसायले महंगो नयाँ प्रविधि अबलम्बन गर्नु आवश्यक देखिएको छ । अर्थात् इन्टरनेट प्रोटोकललाई नयाँ संस्करणमा ढाल्नु आवश्यक देखिएको छ । अहिलेसम्म चौथो संस्करण आइपिभी फोरमा रहेको इन्टरनेट प्रोटोकललाई छैटौँ संस्करण अर्थात इन्टरनेट प्रोटोकल (आइपी) भि सिक्स मा रुपान्तरण गर्नु आवश्यक छ । इन्टरनेट इन्जिनियरिङ टास्कफोर्सले सन् १९९८ मै आविष्कार गरेको यो आइपीको नयाँ भर्सनको प्रयोग अब आवश्यक बन्दै गएको छ । Read more