यसरी छिटो बन्द हुन्छ कम्प्युटर

कम्प्युटर प्रयोग गर्नेहरुलाई कम्प्युटर सुस्तो खुलेर र ढिलो बन्द भएर हैरान बनाएको हुन्छ। तपाइँले दैनिक नै कम्प्युटर ढिलो बन्द भएका कारण घर वा कार्यालयबाट निस्कन ढिलाइ भोग्नुभएको होला। कम्प्युटरको अपरेटिङ सिस्टम बन्द हुनका लागि केही समय लागिहाल्छ। त्यो तपाइँ हामीलाई हतार भएको बेलामा निक्कै लामो लागिरहेको हुन्छ।
त्यसैले कतिपयले कम्प्युटरलाई छिटो बन्द गराउनका लागि फोर्स सटडाउन जस्ता सफ्टवेयर पनि हालेका हुन्छन्। तर, सफ्टवेयर राखेर छिटो कम्प्युटर बन्द गराउनु भन्दा सजिलो र भरपर्दो उपाय पनि छ। जसले तपाइँको कम्प्युटर तपाइँले चाहे जसरी नै छिटो बन्द हुने बनाउँछ। त्यसका लागि कुनै सफ्टवेयरको आवश्यकता पनि पर्दैन अनि कम्प्युटरको पावर बटन दबाउन वा तार फुस्काउन पनि पर्दैन। त्यसका लागि सानो उपाय मात्र लगाए हुन्छ।
01-speed-up-your-computers-shutdown-process-fast-shutdown-your-computer
तपाइँले आफ्नो कम्प्युटरलाई छिटो बन्द गराउन चाहनुहुन्छ भने कम्प्युटरको रजिष्ट्रीमा सानो परिवर्तन गरे मात्र हुन्छ। (यसखालको परिवर्तन गर्दा सामान्यतया कम्प्युटरमा खराबी नआउने भएपनि रजिष्ट्री फाइल ब्याकअप गर्न तथा सावधानी अपनाउन अनुरोध गरिन्छ)

त्यसका लागि तपाइँ आफ्नो कम्प्युटरको स्टार्ट बटनमा क्लिक गर्नुहोस्। त्यसमा रहेको RUN मा क्लिक गरेर regedit टाइप गर्नुहोस्। त्यसपछि ओके वा इन्टर गर्नुहोस्। त्यसपछि देखिने Registry Editor वीण्डोमा त्यसपछि HKEY_CURRENT_USER मा त्यसपछि Control Panel र Desktop मा क्लिक गर्नुहोस्। Desktop मा क्लिक गरेपछि तपाइँले दायाँ तर्फो बक्समा WaitToKillServiceTimeout लेखेको फाइल देख्नुहुन्छ। त्यसलाई दायाँ क्लिक गरेर Modify मा क्लिक गर्नुहोस्।

speed up your computer's shutdown process fast shutdown your computer
यसरी क्लिक गरेपछि WaitToKillServiceTimeout लेखेको एउटा बक्स वीण्डो देखिन्छ जसमा भ्यालुमा कुनै अंक लेखिएको पाउनुहुनेछ। त्यसलाई परिवर्तन गरेर १००० भ्यालु राख्नुहोस् र OK मा क्लिक गरेर छोड्नुहोस्।

यती गरिसकेपछि तपाइँको कम्प्युटर पहिले भन्दा धेरै छिटो बन्द भएको अनुभव गर्नुहुनेछ।

वीण्डोज सेभेन चलाउनुहुन्छ भने रजिस्ट्री एडिटरमा गएपछि HKEY_LOCAL_MACHINE त्यसपछि SYSTEM त्यसपछि CurrentControlSet त्यसपछि Control मा गएर WaitToKillServiceTimeoutलेखिएको फाइल पाउनुहुन्छ। त्यसमा क्लिक गर्दा आउने WaitToKillServiceTimeout लेखिएको वीण्डोमा रहेको भ्यालु डाटा भन्ने अप्समा देखिने १२००० लाई २००० मा परिवर्तन गरेर ओके गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो बन्द हुन्छ।
यो पनि पढ्नुहोस् :
छिटो खुल्ने बनाऔं कम्प्युटर

Src: doorsanchar.com

यहाँबाट सिकौं अंग्रेजीमा लेख्न

अंग्रेजी, अर्न्तराष्ट्रिय भाषा यसको महत्व हामी जस्ता कम विकसित मुलुकका मानिसका लागि निक्कै महत्वको हुन्छ। नेपालीमा बोले गरेका काम भन्दा अंग्रेजीमा बोलेका लेखेका कुराले महत्व पाउँछ। त्यसो त विभिन्न अवसरहरु पनि अंग्रेजी जान्नेका लागि नै बढि उपलब्ध हुन्छन्। त्यसैले स्कुले उमेर देखी नै अभिभावकहरु अंग्रेजीमा बोल्न सिकाउँछन् अनि अंग्रेजी माध्यमका विद्यालयमा पढाउँछन् छोराछोरीलाई। बोल्न साथै लेख्न र व्यवहार गर्नका लागि माध्यम भाषाको रुपमा अंग्रेजी प्रयोग गर्नेहरुको महत्व र प्राथमिकता धेरै देखेर पनि होला अभिभावक अंग्रेजी भाषामा छोराछोरीले गाली गरे पनि गौरव नै मान्छन्। हुन पनि अंग्रेजी भाषाको ज्ञान भएन भने नेपाल जस्तो कम विकसित मुलुकका मानिसका लागि जिन्दगी निक्कै गाह्रो हुन्छ। त्यसैले अंग्रेजी लेख्ने र बोल्ने अभ्यास सानो तहको कक्षा देखी नै गर्नु आवश्यक मानिएको हुन्छ। यसखालको आवश्यकतामा तपाइँलाई साथ दिनका लागि विभिन्न निशुल्क वेबसाइट तथा अनलाइन टूलहरु रहेका छन्।

01-writing-in-english-free-guide-to-write-in-english-daily-writing-tips-free-tipos-to-meke-your-english-better

अंग्रेजीमा लेख्नका लागि सिकाउने एउटा सहयोगी माध्यम हो डेलि राइटि टिप्स। दैनिक अंग्रेजी लेखनका बारेमा जानकारी प्रस्तुत गरेर यो वेबसाइटले तपाइँलाई अंग्रेजीमा लेख्नका लागि दक्ष बनाउँछ। तपाइँ आफ्नो अंग्रेजी लेखाइलाई सुधार गर्न चाहनुहुन्छ या कुन शब्दहरु कहाँ र कसरी प्रयोग गर्नुपर्छ त्यसबारे जान्न चाहनुहुन्छ। ती सबै विषय जो अंग्रेजी लेखाइसँग सम्बन्धित छन् त्यसबारे तपाइँलाई जानकार गराउने छ यो वेबसाइटले।

यसमा तपाइँले आफ्नो अंग्रेजी लेखन क्षमताको प्रयोग गरेर कसरी पैसा कमाउन सक्नुहुन्छ देखी लिएर कस्तो खालको लेखन क्षमता कसरी बढाउने त्यसको सम्पूर्ण जानकारी पाउन सक्नुहुन्छ। यसमा तपाइँले आफ्नो शब्दभण्डार साथै अंग्रेजी क्षमताको जाँच पनि निशुल्क गर्न सक्नुहुन्छ। यसबाहेक यसमा तपाइँलाई अंग्रेजी व्याकरण, लेखन शैली सबै सिकाइन्छ। यदी तपाइँ आफ्नो अंग्रेजी लेखन क्षमता बढाउन चाहनुहुन्छ भने यो वेबसाइटको प्रयोग गर्न सक्नुहुन्छ। वेबसाइटमा जानका लागि यहाँ क्लिक गर्नुहोस्।

लामो समय चल्छ ल्यापटप

ल्यापटप, काखमा राखेर चलाउन सकिने सानो आकारको कम्प्युटर यसलाई काखे कम्प्युटर पनि भन्ने गरेको पाइन्छ। कामकाजी व्यक्तिका लागि अति नै आवश्यक साधन हो यो। साना आकारका कम्प्युटर उपकरण जति नै सुविधा सहित आएपनि ल्यापटपको विकल्पका रुपमा भने स्थापित हुन सकेका छैनन्। त्यसैले पनि यो साधन महत्वको छ। नेपालका सन्दर्भमा त लोडसेडिङका कारण डेक्सटप भन्दा पनि ल्यापटप निर्बिकल्प कम्प्युटर हो। बोकेर यताउता लैजान पनि सकिने र केही समय सम्म बिजुली उपलब्ध नभए पनि काम गर्ने भएकाले पनि यो उपयुक्त साधन हो।

सामान्य पनि यो उपकरण खरिद गर्नका लागि ३५ हजार हाराहारी खर्च गर्नुपर्छ। जसले यो उपकरण सकेसम्म धेरै समय चलोस् भन्ने कामना सबैको हुन्छ। ल्यापटपलाई लामो समय सम्म राम्रो अवस्थामा चल्ने बनाउनका लागि केही कुरामा ध्यान पनि दिनुपर्छ। आफ्नो ल्यापटपको आयु लामो बनाउन चाहनुहुन्छ भने तपाइँले यस्ता कुरामा ध्यान दिनै पर्छ।
Samsung-ATIV-Book-6_Laptops
ब्याट्री ब्याकअप

ल्यापटपको ब्याट्रीले लामो समय सम्म ब्याकअप देओस् भन्ने चाहनुहुन्छ या लोडसेडिङ तथा घर, कार्यालय भन्दा बाहिर रहेको समयमा अलि धेरै समय ल्यापटप चलाउन सकुँ भन्ने लाग्छ भने तपाइँले कम्प्युटरमा चलिरहेका तत्काल आवश्यक नभएका सफ्टवेयर तथा सुविधा बन्द गर्नुपर्छ। ब्लूटूथ, वाइफाइ दुवैमा आधारित काम नगेको अवस्थामा यी दुवैलाई बन्द गरेको खण्डमा यीनले ब्याट्री खपत गर्दैनन्। ल्यापटपको ब्राइटनेस कम राख्ने, प्रयोगमा नभएका पृष्ठभूमिमा चलिरहेका सफ्टवेयर र ब्लूटूथ जस्ता कम्यूनिकेसन सुविधा बन्द गरेको खण्डमा तपाइँको ल्यापटपले लामो समय सम्म ब्याट्री मोडमा काम गर्छ।

तापक्रम

लामो समय सम्म ल्यापटप नबिग्रिइकन चलोस भन्ने चाहना राख्ने हो भने ल्यापटपको तापक्रममा पनि ध्यान दिनुपर्छ। ल्यापटप चार्ज गर्दा कोठा तथा ल्यापटप राखेको स्थानको तापक्रम कतिको छ हेर्नुहोस्। ल्यापटप चिसो, ओशलाग्दो वातावरणमा पनि राख्नुहुँदैन र धेरै तातोमा पनि। ल्यापटप चार्ज गरेको समयमा एडप्टर मात्र होइन ल्यापटपको तल्लो पटि्टको भाग पनि तातिरहेको हुन्छ। यस्तो अवस्थामा ल्यापटप राखेको ठाउँ पनि उस्तै तातो भएको खण्डमा त्यसले ल्यापटपका तारहरुमा नकारात्मक असर पार्छ।

निरन्तर चार्ज

धेरैले ल्यापटप चलाउँदा निरन्तर चार्जमा राखिरहेका हुन्छन्। ल्यापटपमा काम गरिरहँदा पनि चार्जमा जोडिरहयो भने ब्याट्री चार्ज हुने खर्च नहुने साथै काम पनि हुने भन्ने धेरैको धारणा रहेको हुन्छ। तर यसरी लामो समय सम्म चार्जमा जोडिरहँदा ब्याट्री र ल्यापटपको चार्जिङ जोन तात्ने मात्र होइन ब्याट्रीको पावर होल्डिङ क्षमता समेत घट्छ। ल्यापटपको ब्याटि्र क्षमता १५ प्रतिशतमा झरेपछि मात्र ल्यापटपलाई चार्जमा जोड्नुपर्छ। त्यसो त कहिल्यै पनि ब्याट्री शतप्रतिशत चार्ज हुने अवस्था सम्म ल्यापटपलाई चार्जमा जोड्नु हुँदैन। यसो गरेको खण्डमा ब्याट्रीले छिटै काम गर्छ छोड्छ।
samsung-series-5-ultra-touch_Laptops
समयमै फेरौं ब्याट्री

धेरै जसो सन्दर्भमा ल्यापटपको ब्याट्री किनेको दुर्इ वर्षसम्म बिग्रँदैन। तर ब्याट्री खत्तम हुनको लागि दुर्इ वर्ष नै लाग्छ भन्ने चाहिँ होइन। कसैले किनेको ल्यापटपको ब्याट्री वारेन्टीले धान्ने समय सकिनासाथ बिग्रेको पनि धेरै उदाहरण छन्। तर ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने तपाइँको ब्याट्री बिग्रियो वा त्यसले ब्याकअप दिन छोड्यो भने कम्प्युटरमा त्यसको चिन्ह, सूचना देखिनासाथ सकेसम्म छिटो त्यसलाई परिवर्तन गर्नुपर्छ। लामो समय सम्म बिग्रेको ब्याट्री नै ल्यापटपमा राखेर चलाइरहेको खण्डमा त्यसले ल्यापटपको अरु पार्टसमा पनि खराबी उत्पन्न गर्नसक्छ।

विण्ड प्यानल खुला

ल्यापटप चलाउँदा होस् या चार्जमा राख्दा तपाइँले ल्यापटपको तल्लो भागमा रहेको विण्ड प्यानलमा अवरोध रहे नरहेकोमा ध्यान दिनुपर्छ। विण्ड प्यानलबाट ल्यापटप भित्र उत्पन्न भएको ताप बाहिर निस्कने भएकाले त्यसको अगाडि कुनै अवरोध हुनुहुँदैन। विण्ड प्यानल सदैव खुला रहनुपर्छ। विण्ड प्यानलमा अवरोध सृजना भएर भित्रको ताप हावाको माध्यम भएर बाहिर निस्कन नपाएको खण्डमा ल्यापटप भित्र तातोपन बढेर भित्रका पार्टहरु तातेर बिग्रने हुन्छन्। कतिपय अवस्थामा ल्यापटप तातेर पड्कने पनि हुन्छ।

एन्ड्रोयडका केही सुन्दर एप्लिकेसनहरु

best-android-apps-300x225काठमाडौं । पछिल्लो समय एन्ड्रोयडका एप्लिकेसनहरु युवा पुस्तामाझ निकै चर्चित बनेको छ । प्रयोग गर्न सजिलो र डाउनलोड पनि गर्न सजिलो भएकोले यसको लोकप्रियता बढ्दै गएको छ । सन् २०१३ मा एन्ड्रोयडले नयाँ र सुन्दर एप्सहरु लिएर आएका छन् जुन तपाईंलाई पनि मन पर्न सक्छ । आउनुहोस्, हेरौं यस्तै केही एप्सहरुः

१) प्याटर्नः लुकस रोचाले तयार गरेको यो एप्स तपाईंको वालपेपरको लागि काम लाग्न सक्छ । यसमा विभिन्न रंगिन प्यार्टनहरु रहेका छन् जसलाई तपाईंले आफ्नो मोबाइल र त्यसको किअनुसार डाउनलोड र सेयर गर्नुसक्नु हुनेछ ।

२) आई इन द स्काईः यो एउटा वेदर एप्स हो जसमा चारवटा विगेटहरु र ड्यासबोर्ड क्लकजस्ता फिचरहरु रहेका छन् । यो एड सर्पोटेड भएकोले बीचमा विज्ञापन आउने झन्झटबाट मुक्त यसलाई तिरेर प्रयोग गर्न सक्नेछन् ।

३) पकेटः यो एप्सको मद्दतले तपाईं आफूलाई पछि पढ्न मनलागेका लेख, भिडियो र वेभपेजहरु सेभ गर्न सक्नुहुनेछ ।

३) ग्राण्ड एसटीः यसमा हार्डवेयरका नयाँ डिजाइनहरु र उत्पादनहरु बारेमा दैनिक रुपमा अपडेट गरेको पाउन सकिन्छ । यसमा ति उत्पादनहरुको फिचर, चलाउने तरिका, प्रयोगकर्ताहरुको अनुभवहरु समेत समावेश गरिएको हुन्छ ।

४) प्रेस रिडरः यो एप्सले फिड्ली, फिड, र्यांगलर जस्ता स्रोतहरुको डाटा सजिलोसँग प्रदान गर्दछ । यसमा ठाडो र तस्रो स्वाप गर्ने, ब्याकग्राउण्ड सिंकिङ्गजस्ता फिचरहरु रहेका छन् ।

५)एक्सपेडियाः यो एप्स घुम्न रुचाउने मानिसहरुका लागि सहयोगी हुनसक्छ । यो एप्सको मद्दतले तपाईं होटल र प्लेनहरु बुकिङ्ग गर्न सक्नुहुनेछ ।
– See more at: http://www.ratopati.com/2013/07/07/75013.html#sthash.tVgGG4wx.dpuf

Source : Ratopati

मरेपछि के होला तपाइँको इमेल अकाउण्ट ?

gmail accountतपाइँले कहिल्यै सोँच्नुभएको छ मृत्युपछि के होला भनेर ? आफु मरेपछि आफ्नो याद कसले गर्ला र ? भन्ने चिन्ता पनि लाग्छ होला । तर अब चिन्ता नगरे हुन्छ किनकी अरु कसैले तपाइँ हाम्रो मृत्युपछिको विषयमा चिन्ता नगरेपनि गुगलले गर्नेछ । गुगलले यस्तो चमत्कारी सेवा सुर गरेको छ जसले गुगल प्रयोगकर्ताका सबैखाले सामाग्री प्रयोगकर्ताको निधनपछि पनि जतन गरेर राखिदिनेछ । गुगलको डिजिटल आफ्टर लाइफ नामको यो सेवाले तपाइँका इमेल, पर्सनल च्याट जस्ता सबै चिजलाई सुरक्षित राख्नेछ जसलाई पछि तपाइँको डिजिटल इच्छाको आधारमा प्रयोग गरिनेछ ।

 

गुगलले यसका लागि आफ्ना प्रयोगकर्ताहरुसँग यो जानकारी माग्न सुरु गरेको छ की उनीहरु आफ्ना डिजिटल फोटो, डकुमेन्ट तथा अन्य इन्टरनेट सामाग्रीहरुलाई आफ्नो मृत्युपछि कस्तो प्रकारले राख्न चाहन्छन् ?

गुगलको यो सेवामा निस्कृय गुगल एकाउण्ट व्यवस्थापकले गुगलबाट जिमेल, यु टοुब तथा गुगल प्लस लगायतका एकाउण्टमा रहेका प्रयोगकर्ताका डाटा माग्न सक्छ । अकाउण्ट डिलिट गरिसकिएका वा धेरै समयदेखि निस्कृय रहेका प्रयोगकर्ताका सामाग्रीहरु मात्र यसमा पर्नेछन् ।

अब गुगल प्रयोगकर्ताको अकाउण्ट सेटिङ पेजमा एक अप्सन रहनेछ । जसमा प्रयोगकर्ताले आफ्नो कुनै पारिवारिक सदस्य वा साथीको डाटा शेयर गर्ने अनुमति दिनेछन् । प्रयोगकर्ताले आफ्नो अकाउण्ट डिलिट गर्न तथा कुनै अरु व्यक्तिसँग शेयर नगर्ने मौका पनि पाउनेछन् । गुगलले आफ्ना प्रयोगकर्तालाई यो पनि स्पष्ट पार्न भनेको छ की कति समयपछि गुगलले प्रयोगकर्ताका इन्टरनेट डाटामाथि डिजिटल आफ्टर लाइफ सेवा प्रयोग गर्नेछ – कति दिनपछि आफ्नो अकाउण्टमा डिजिटल विल सम्बन्धि अलर्ट आउन बन्द हुने भन्ने विषय प्रयोगकर्ताको इच्छामा निर्भर रहन्छ । त्यस पश्चात् प्रयोगकर्तले दिएका अधिकतम १० जना व्यक्तिको अकाउण्टमा मृत्यु भएको मानिएको प्रयोगकर्ताका डाटाहरु पठाइनेछ । ती डाटालाई उनीहरुले आफ्नो इच्छा अनुसार प्रयोग गर्न सक्नेछन् ।

गुगल प्रयोगकर्ताका लागि अर्को बर्न नामक अप्सन पनि रहनेछ । यसको अर्थ यो अप्सन छान्नेको डिजिटल इन्टरनेट सामाग्री उनीहरु मृत्युपछि गुगलले डिलिट गर्नेछ ।

 

स्रोतः अनलाइन खबर