अनलाइन सामग्री राख्ने पकेट

सामग्री राख्ने पकेट

पकेटको अर्थ हुन्छ गोजी। जसमा हामी विभिन्न सामग्री राख्छौं। स्मार्टफोन प्रयोगकर्ताका लागि उपलब्ध निशुल्क एप पकेट पनि त्यस्तै पकेटको जसमा अनलाइनमा उपलब्ध विभिन्न सामग्रीहरु पछि प्रयोगका लागि सुरक्षित राख्न सकिन्छ। जुन तपाइँ यात्रा वा इन्टरनेट कनेक्सन नभएको स्थानमा प्रयोग गर्नसक्नुहुन्छ।

Apple and android app free_Free application to store online contents mobile, tablet and computers Pocketअनलाइनमा उपलब्ध कुनै पनि सामग्री चाहे त्यो भिडियो होस् या तस्वीर या कुनै लेख त्यसलाई आफूलाई उपयुक्त समयमा पढ्न तथा हर्ेनका लागि मोबाइलमा सेभ गर्ने एउटा सजिलो उपाय हो पकेट। यो एउटा यस्तो एप हो जसले तपाइँलाई विभिन्न वेबपेज साथै अनलाइनमा उपलब्ध तस्वीर, लेख वा भिडियो मोबाइलमा सुरक्षित राख्न सहयोग गर्छ। यो एप तपाइँले आफ्नो कम्प्युटर, ट्याब्लेट अनि स्मार्टफोनमा प्रयोग गर्न सक्नुहुन्छ। यदी कुनै भिडियो वा वेबसाइटको सामग्रीलाई तपाइँले स्मार्टफोनमा यो एप प्रयोग गरेर सेभ गर्नुभयो भने पनि तपाइँले आफ्नो ट्याब्लेट अनि कम्प्युटरमा पनि उक्त सामग्री हेर्न सक्नुहुन्छ। यसले तपाइँको कम्प्युटर र ट्याब्लेटलाई आफै सिंक गर्छ। पछि सुरक्षित गरिएका सामग्री इन्टरनेट कनेक्सन बिना नै हेर्न सकिन्छ।

यो एप एण्ड्रोइड उपकरणमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्

यो एप एप्पलमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्

Source : doorsanchar.com