Cleaning up text pasted from emails or Web sites

The ease of copying and pasting text from Web sites and email greatly simplifies many tasks in Word, but problems often arise in making the pasted text conform to the style of the document into which it is pasted. One of the most common chores is getting rid of excess line breaks, which cause the text to wrap short of the right margin. There are several ways to work around this problem.

Read more

उत्कृष्ट क्लाउड स्टोरेज ब्याकअप

उत्कृष्ट क्लाउड स्टोरेज ब्याकअप
कुनै एक कम्प्युटर डिभाईसबाट अर्को डिभाईसमा फाईलहरु स्थानान्तरण गर्नुपर्‍ र्यो भने सजिलो माध्यम के हुनसक्छ ? सामान्यतया पेनड्राईभ, सिडी लगायतको माध्यमबाट डाटा सार्ने काम गरिन्छ तर ती डिभाईसले भनेको समयमा काम नगर्न पनी सक्छन् । पेनड्राईभ भाईरस सक्रमणले खुलेन, सिडी फुट्यो, कोरियो र फाईल एक्ससेस हुने सम्भावना देखिएन भने ती महत्वपुर्ण फाईलबाट गरिनुपर्नेे कामकाज कसरी सम्पन्न गर्ने ?

Read more

स्मरणशक्ति बढाउने मनोवैज्ञानिक विधि

सबैले आ-आफ्नो स्मरण शक्ति बढाउन चाहन्छन् । तर यो कसरी बढ्छ मागेर कि घोकेर ? पढेर ? परिश्रम गरेर ? यो जन्मजात गुण हो कि आर्जित ? यस्ता प्रश्नहरू मनमा उठ्छ नै । कुनै पनि व्यक्तिको स्मरण शक्तिमा धेरै कुराले प्रभाव पारेको हुन्छ । मानिसले चाहेको खण्डमा यसलाई बढाउन वा सुधार्न सकिन्छ ।

Read more

अफिसबाटै फेसबुक च्याट

इन्टरनेट, प्रविधिको विकासले यतिखेर विश्वका सबै सेवा, सुविधा र मानिस यसको घेरामा आइसके। यो विश्व नै ग्लोबल भिलेजको रुपमा इन्टरनेटको मातहत भइसकेको छ। फरक फरक काम र कारणले मानिसहरु इन्टरनेटमा आवद्ध भइसकेका छन्। इमेल र वेबसाइटमा उपलब्ध सूचना र जानकारीका लागि मात्र नभएर एक अर्कामा मित्रता र सम्बन्ध विस्तारका लागि समेत इन्टरनेटको प्रयोग हुन थालेको छ। जसका लागि विश्वका सबै भन्दा धेरै जनसंख्याले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक अहिले इन्टरनेटको नै पर्याय हुन लागेको छ। किनभने यतिखेर इन्टरनेट चलाउने अधिकांश मानिस फेसबुक चलाउँछन्। विश्वको सबै भन्दा ठूलो र कुनै पनि देशको जनसंख्यालाई माथ दिने संख्याले चलाउने सामाजिक सञ्जाल फेसबुले विभिन्न भाषा र देशमा सामाजिक सञ्जाल मञ्च उपलब्ध गराइरहेको छ।

यतिखेर उपहारका रुपमा विभिन्न चकलेट र सामान बेच्ने तयारीमा रहेको फेसबुकले प्रयोगकर्तालाई भिडियो च्याट समेत गर्ने सुविधा दिइसकेको छ। तर यसको विशेषता भनेको सबै खालका सुविधा उपभोग गर्नका लागि यसमा लगइन गर्नुपर्छ अर्थात् एउटा एकाउन्ट त हुनै पर्छ। तर धेरै अफिस, स्कुल तथा कलेजहरुमा फेसबुक नखुल्ने बनाइएको हुन्छ। जसले गर्दा फेसबुकमा अनलाइन रहेका साथीभाईका गतिविधि छ हेर्न पाइन्न। च्याटको त कुरै भएन।

विश्वका धेरै देश, अफिस र स्कुलमा फेसबुक नचल्ने बनाइएको छ। अहिले त स्कुल, अफिस र कलेजहरुले आफ्नो नेटवर्कमा फेसबुक नै नखुल्ने बनाएका छन्। यस्तो अवस्थामा फेसबुकका गतिविधि र साथीभाईसँग च्याट कुराकानी, मेसेज नछुटाउनका लागि एउटा यस्तो सफ्टवेयर छ जसले तपाइँलाई फेसबुकसँग जहाँ पनि र जहिले पनि जोडिराख्छ। जसमा च्याट गर्नका लागि तपाइँ फेसबुकमा अनलाइन हुनै पर्दैन। फेसबुकमा आफू अनलाइन नभइकन नै अनलाइन रहेका साथीसँग च्याट गर्न सकिन्छ यसको प्रयोगबाट। यो सफ्टवेयरको नाम हो चिटच्याट फर फेसबुक। जसलाई कम्प्युटरमा इन्स्टल गरेर फेसबुक रोकिएका नेटवर्कबाट पनि फेसबुक च्याट गर्न सकिन्छ। यो यस्तो मेसेन्जर हो जसले विभिन्न प्रोक्सी सर्भरको प्रयोग गरेर फेसबुक निषेध गरिएका नेटवर्कमा पनि फेसबुक च्याट गर्न सकिन्छ। त्यसो त यसमा रहेका २० भन्दा बढी किबोर्ड सर्टकटले फेसबुक च्याट भइरहेको विण्डोलाई एक क्लिकमा नै स्क्रिनबाट हटाउन सकिन्छ। फेसबुक च्याटका लागि चिटच्याट इन्स्टल साथै यसका थप सुविधा थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहोस्।