जाडोयाममा सजकता

मौसम बदली भई अधिकांश क्षेत्रमा आम सर्वसाधारणको दैनिक जीवनयापन कष्टकर बन्न थालेको छ । जाडोयाममा वस्तुभाउलाई घाँसको जोहो, चिसोबाट बच्न न्यानो लुगाको व्यवस्था, दाउरा तथा इन्धनको पूर्व व्यवस्था गर्नुपर्ने आवश्यकता खड्किएको छ ।

मौसम चिसो हुँदा जीवहरुको शरिरमा तापक्रमको सन्तुलनका लागि कार्बोहाइड्रेट तथा चिल्लो पदार्थको बढी खपट हुने हुँदा छिटो छिटो भोक लाग्ने, पाचन प्रक्रिया छिटो छिटो चल्दछ ।

चिसो मौसममा राइनो समूहका भाइरसहरु बढी सक्रिय हुने र मानिसको भित्री प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा रुघाखोकी जस्ता सिजनल फ्लूको बढी जोखिम हुने गर्दछ । चिसो मौसममा छालाको चिल्लोपना कमी हुने हुँदा रक्तसञ्चारका नलीहरु खुम्चिने, छाला फुस्रोपना भई छालासम्बन्धी रोग लाग्ने, खोकी, पखाला, ज्वरो आउने, कमजोरी महसुस हुने जस्ता लक्षण समेत देखिन्छन् ।

त्यस्तो अवस्थामा आत्तिइहाल्नुपर्ने अवस्था भने हुँदैन । चिसोसँग सम्बन्धित कुनै पनि लक्षण देखापरेमा न्यानो झोलिलो खानेकुरा खाने, न्यानो लुगा लगाउने, उमालेको पानी पिउने गर्नुका साथै तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श लिनुपर्छ । छिमेक, वरपर कुनै व्यक्ति सिजनल फ्लू वा त्यस्तै प्रकारको लक्षण देखा परेमा नजिकको स्वास्थ्य संस्था, प्रहरी, वडा कार्यालय वा गाउँपालिकामा जानकारी गराएमा ठूलो धनजनको क्षति हुनबाट जोगिन्छ । 

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *