गजल

साथी, तिमी मलाई सधैं, खुशीका ती खात दिन्छौ

अप्ठ्यारोमा ढल्दा पनि, समाउने हात दिन्छौ ।

कहिलेकाहीँ तिमीबाट, टाढा हुँदा दुःखी हुन्छु

र त तिमी फर्की फेरि, मलाई आफ्नो विस्मात दिन्छौ ।

अन्जान या त नियत नै हो, कहिलेकाहीँ विश्वास हर्दै

उज्यालोलाई लुकाएर, कहिले आफ्नो रात दिन्छौ ।

यसरी नै दिन बित्छन्, फेरि रात फर्की आउँछन्

नजिक हुँदै ठट्टा गर्दै, मायाले एक लात दिन्छौ ।

सँगै सुत्दा लात्ती लाग्छ, माफी हुने गल्ती हुन नि

कहिलेकाहीँ त मुटु घोच्ने, वाण जस्तै बात दिन्छौ ।

सजिलो त्यो गोरेटोमा, डोर्‍याउँदै लाग्छौ अघि

अनकन्टार दोबाटोमा, एक्लो बनाई घात दिन्छौं

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *