संक्षिप्‍त नेपाली शुद्धाशुद्धि ज्ञान

प्रस्तावना
यो संक्षिप्त, सूत्रात्मक व्यवस्थाले, नाट्यसम्राट् बालकृष्ण समका शब्दमा, ‘तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न सक्तैन, न व्याकरणका नै अनेकानेक वाक्यविचारका भाँडामा बिर्को लगाउन सक्तछ’, त्यसका निम्ति त व्याकरण र शब्दकोशका बृहत् ठेली पल्टाउनै पर्दछ । तथापि, नेपाली हिज्जेलाई उचित मार्गमा डो¥याउन यसले पर्याप्त योगदान पु¥याउने आशा गरिएको छ ।

भाषाको सम्प्रभुता यसका प्रयोगकर्तामा निहित हुन्छ भन्ने तथ्य आत्मसात् गर्दै, शिष्ट परम्परा र प्रचलनबाट स्थापित हिज्जेको सुदृढ जगमा उभिएर नै भाषाको विकास एवम् विस्तार हुन सक्ने यथार्थ मनन गर्दै, समयको अन्तरालमा देखा परेका विकृतिबाट मुक्त गराएर नेपाली भाषालाई स्वच्छ, उदार र गतिशील बनाउँदै लैजाने उद्देश्यले, ऋषिकल्प भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको निर्देशन तथा सहभागितामा, भाषा–तपस्वी प्रा. मुकुन्दशरण उपाध्यायको सुझाव समन्वित समर्थन र भाषा उन्नायक डा. तारानाथ शर्मा, प्रा. डा. कुमारबहादुर जोशी तथा भाषाका शारदेय साधक कृष्णप्रसाद पराजुलीको सल्लाह एवम् सहमतिका साथ, ललितपुर घोषणापत्र – २०६८ को मर्म तथा भावना अनुरूप, नेपाली भाषा प्रयोगकर्ता समूह (नेभाप्रस–२०६९) ले नेपाली भाषा प्रयोगकर्ताहरूका लागि यो व्यवस्था गरेको छ ।

यो संक्षिप्त, सूत्रात्मक व्यवस्थाले, नाट्यसम्राट् बालकृष्ण समका शब्दमा, ‘तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न सक्तैन, न व्याकरणका नै अनेकानेक वाक्यविचारका भाँडामा बिर्को लगाउन सक्तछ’, त्यसका निम्ति त व्याकरण र शब्दकोशका बृहत् ठेली पल्टाउनै पर्दछ । तथापि, नेपाली हिज्जेलाई उचित मार्गमा डो¥याउन यसले पर्याप्त योगदान पु¥याउने आशा गरिएको छ ।

नेपाली कसरी शुद्ध लेख्ने – हिज्जे विचार  ः २०६९

नाम

१. ह्रस्व इ, उ अन्त्यमा हुने शब्द—
क. सामान्य पु“ल्लिङ्गी शब्द । जस्तै— बाबु, दाइ, भाइ, दाजु, नाति, पनाति, जुवाइ“ आदि ।
ख. सामान्य अप्राणिवाचक उकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— घिउ, भालु, गाउ“, हिउ“ आदि ।
ग. नु, आउ, आइ कृत्प्रत्यय र आइ, याइ“ तद्धित प्रत्यय लागी बनेका शब्द । जस्तै— हिंड्नु, जनाउ,   पढाइ, गोलाइ, दुष्ट्याइ“ आदि ।
अपवाद— दाईं, लडाईं, बसाईं आदि ।

२. दीर्घ ई, ऊ अन्त्यमा हुने शब्द—
क. सामान्य स्त्रीलिङ्गी शब्द । जस्तै— गाई, छोरी, दिदी, बहिनी, सासू, स्वास्नी, धोबिनी, पण्डित्नी, भुनी,   मैजू, भाउजू आदि ।
ख. सामान्य अप्राणिवाचक इकारान्त नपुंसकलिङ्गी शब्द । जस्तै— कौसी, धुरी, क्वा“टी, खरानी, पानी, बानी, गाली, सिक्री, फर्सी, खैंजडी, ह“स्यौली आदि ।
ग. मनुष्यको विशेष जात र पेशालाई बुझाउने शब्द । जस्तै— ज्यापू, हिन्दू, धोबी, घर्ती, दमाईं, ठकुरी,   सिकर्मी, हलुवाई, सिपाही, काजी, मन्त्री, भाजू, गुभाजू आदि ।
घ. आदरार्थी ज्यू, जी प्रत्ययान्त शब्द । जस्तै— दाज्यू, भाउज्यू, पिताजी, शर्माजी, परियारजी आदि ।
ङ. भाव (धर्म), सम्बन्धी (धर्मी) र ‘त्यहा“ हुने’ अर्थ बुझाउने ‘ई’ तद्धित प्रत्यय लागी बनेका शब्द ।     जस्तै— गरीबी, नोकरी, चाकरी, खुनी, बैगुनी, इलमी, नेपाली, अछामी, जंगली आदि ।

सर्वनाम

१. क. तपाईं, आपूm, त“, म, जो, त्यो आदि र तिनका विभक्तियुक्त रूप सर्वनाम हुन् । जस्तै— जो, जसले, जसलाई, जसबाट, जसदेखि, जसको, जसकी, जसमा, जुन, जे, जुनसुकै, जोसुकै, जेसुकै आदि ।
ख. सर्वनामबाट विशेष प्रत्यय लागी विभिन्न रूप बन्छन् । जस्तै— त्यो, त्यत्रो, त्यस्तो, त्यसरी, त्यस्तरी, त्यतिको, त्यहा“, त्यहीं, तहिले, तब, तसर्थ आदि ।
२. सर्वनामको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— ऊ, ती, तिमी, हामी, यिनी, उनी, तिनी, आफू, कोही, केही, यही, त्यही, त्यहीं, कहीं आदि ।
विशेष ः सर्वनामका त्यल्ले, त्यल्लाई, जल्ले, जल्लाई, कल्ले, कल्लाई, क्वै, क्यै, तैले, जैले, ऐले, उइले जस्ता संक्षिप्त रूप पनि हुन सक्छन् जसको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ । साथै त्यहा“, यहा“, उहा“ आदरार्थीमा पनि प्रयोग हुन्छन् ।

विशेषण
१. क.     स्त्रीलिङ्गका र दुवै लिङ्गमा हुने इकारान्त विशेषण दीर्घ हुन्छन् । जस्तै— काली, गोरी, राम्री≤ राजी, धनी, नामी, जाती आदि ।
ख. दुवै लिङ्गमा हुने उकारान्त विशेषण ह्रस्व हुन्छन् । जस्तै— दुधालु, घरेलु, मायालु, सिकारु आदि ।
२.    सामान्य विशेषण प्रकरण हेरी ह्रस्व दीर्घ दुवै हुन्छन् । जस्तै— पिरो÷पीरो, तितो÷तीतो, अमिलो÷अमीलो, अलिकति÷अलीकति आदि ।
३.    संख्यावाचक शब्दमा आउने इकार दीर्घ हुन्छन् । जस्तै— बीस, तीस, बत्तीस, चौंतीस, चालीस, त्रिचँलीस, बाईस, तेईस, उन्नाईस आदि ।
संख्याबोधक शब्दका अन्य रूप दुईवटा, दोटा, दुईटा÷दुइटा, दुगुना, दोहोरो, दुईसरो, दुदुई, एकेक, लाखौं, करोडौं, लाखन्, करोडन्, कैयौं, कैयन् आदि हुन्छन् ।
४.        सानो, ठूलो, कालो, सेतो जस्ता विशेषणका रूप हेला“मा साने, ठूले, काले, सेते आदि र माया“मा सानु÷सानू,  कालु÷कालू आदि पनि हुन्छन् ।

क्रियापद
१.     धातुमा छ, छन्, छु, छौं, ए, ए“, यो, ई आदि प्रत्यय लागेर क्रियापदहरू बन्दछन् । जस्तै— बस्छ, बस्छन्, बस्छु, बस्छौं, बसे, बसें, बस्यो, बसी आदि ।
क्रियापदहरू उच्चारण अनुरूप लेखिन्छन् ।
२     विध्यर्थक क्रियापदको अन्त्यमा आउने इकार, उकार दीर्घ हुन्छन् । जस्तै— गर्नू, जानू, गरू“, जाउ“m, आऊ, बचाऊ आदि ।
३. क्रियापदका स्त्रीलिङ्गी रूप जान्छे, गई, जान्छिन्, गइन्, जाली, जाउली, गइछ, गएकी थिई, गइथी, गइथ्यौ, जान्थ्यौ, गएकी थिए“, जा“दी थिए“ आदि हुन्छन् । बहुवचन वा आदरमा भने पु“ल्लिङ्गका क्रियापद जस्तै हुन्छन् । जस्तै— गए, गएका थिए, गएथे≤ जानुहुन्छ, जानुभयो आदि ।
४. सकर्मक क्रियामा कर्मवाच्य र अकर्मक क्रियामा भाववाच्यको पनि प्रयोग हुन सक्छ । जस्तै— म पुस्तक पढ्छु÷मबाट पुस्तक पढिन्छ । म मस्तस“ग सुतें÷आफू मस्तस“ग सुतियो ।
५.     क. धातुको अन्त्यमा वर्गको प्रथम वा द्वितीय अक्षर (क्, च्, ट्, त्, प्, ख, छ्, ठ्, थ्, फ्) वा स् रहेको छ भने त अथवा द विकल्पले जोडिन्छ । जस्तै— पाक्छ÷पाक्तछ÷पाक्दछ । जा“च्छ÷जा“च्तछ÷जा“च्दछ । राख्छ÷राख्तछ÷राख्दछ । हा“स्छ÷हा“स्तछ÷हा“स्दछ आदि ।
ख. अन्त्यमा अन्य अक्षर रह“दा भने द मात्र विकल्पले जोडिन्छ । जस्तै— माग्छ÷माग्दछ । बुझ्छ÷बुझ्दछ । हान्छ÷हान्दछ । बोल्छ÷बोल्दछ । रम्छ÷रम्दछ आदि ।
ग. कतिपय धातुमा भने त वा द केही पनि जोडिंदैन । जस्तै— जान्छ, खान्छ, रुन्छ आदि ।
विशेष ः लिई, भई, भयो, खा“दैन, गरिदेऊ, भनिदेऊ, होऔं, होओस्, होउ“ला आदिका संक्षिप्त रूप ली, भै, भो,  खान्न, गर्देउ, भन्देउ, ≈वौ, होस्, हु“ला आदि पनि हुन सक्छन् । यिनको प्रयोग अनौपचारिक लेखाइमा, कसैको कथन उद्धृत गर्दा र कवितामा छन्द मिलाउनका लागि हुन सक्छ ।

अव्यय

१.    सामान्यतः अव्ययका अन्त्य इकार, उकार ह्रस्व हुन्छन् । जस्तै— माथि, मुनि, पट्टि, चाहिं, थरि, बाजि, चोटि, खालि, अघि, पछि, बरु, अनि, पनि, भोलि, पर्सि, निम्ति, खेरि, छिः आदि ।
२.    ‘अरी’ प्रत्यय लागेका र यसको अर्थ दिने अव्यय दीर्घान्त हुन्छन् । जस्तै— राम्ररी, बेसरी, बराबरी≤ भकभकी, खलखली, ≈वाल≈वाल्ती आदि ।

विशेष शब्दविचार

१.    संस्कृतबाट जस्ताको तस्तै आएका (तत्सम) शब्द यथावत् लेखिन्छन् । जस्तै— श्री, गणेश, शक्ति, भक्ति, कीर्ति, शीतल, आकाश, रीति, नीति, समीप, शरीर, वीर, वर्षा, बुद्धि, बधू आदि ।
२. मूल शब्दका तद्भव वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— गाउ“, खेत, भुइ“, सास, नाइके, रगत, आकाश÷अकास, वर्षा÷बर्खा, वास÷बास, शीतल÷सीतल आदि ।
३.    अन्य भाषाबाट हाम्रो भाषामा जस्ताको तस्तै मिल्न आएका शब्द यथावत् लेखिन्छन् । जस्तै— जोश, होश, जीप, चीफ, शहीद, शिकार, जमीन, गरीब, शेयर, फेशन, शेक्सपियर, सीट, मार्कशीट, टीभी, सीडी, कानून, तूफान, भूल, छूट, स्कूल, कार्टून, जवाफ, रवाफ, मुताबिक आदि ।
४.    अन्य भाषाबाट आएका शब्दका झर्रो नियम अनुसारका वा वैकल्पिक रूप पनि हुन सक्छन् । जस्तै— शिकार÷सिकार, होश÷होस, शेयर÷सेयर, गरीब÷गरिब, स्कूल÷स्कुल, छूट÷छुट, कानून÷कानुन, कार्टून÷कार्टुन, जवाफ÷जबाफ आदि ।
५.    झर्रोवादी आन्दोलनबाट स्थापित शब्द यथावत् लेखिन्छन् । जस्तै— अक्कास, सित्तल, अखानो, अगावै, अडेसो, अभेक, अहमत्याइ“, कस्केली, ग्रिसेली, उल्था, औतारी, कुहिरे, कुइरे, कैरन, कोकोहोलो, कोसेढुङ्गो, कोसदुएक, पपा“च, गोडादशेक, कौलासो, खटनपटन, खुरुन्धार, खैरा“ती, गनोट, गज्मौरो, गलहत्ती, गान्टिनु, जमर्को, घचारो, घुर्मैलो, अनजबाफ आदि ।
६. परम्परागत रूपमा शुरूमा दीर्घ लेखिंदै आएका तद्भव शब्द यथावत् लेखिन्छन् । जस्तै— खीर, कीरो, तीतो, मीठो, मीत, रीस, पीरो, पीठो, दूध, पूmल, रूख, रूखो, बूढो, धूलो, ठूलो, पूरा आदि ।
७. नेपाली प्रत्यय लगाउ“दा मूल शब्दमा रहेका वर्णहरूलाई नबिगारी लेखिन्छ । जस्तै— स्वीकार्नु, विश्वासिलो, पूर्वेली, पश्चिमेली, पुष्ट्याइ“, एकवर्षे, जोशिलो, बेहोशी, होशियार, खुशियाली, कानूनी, तुषारो, पोषिलो, विदेशिनु आदि ।
अपवाद ः पुजारी, चिनिया“, रिसाहा, मितेरी, सिपालु, जुनेली, दुधिलो आदि ।
८.        क. संस्कृतबाट आएका तत्सम शब्दमा शिरविन्दुको सट्टा पञ्चम वर्ण लेखिन्छ । जस्तै— चञ्चल,     घण्टा, दण्ड, सन्त, सन्दर्भ, शम्भु, सम्पादक, सम्बोधन आदि ।
ख. अनुस्वार पछि कवर्ग रहेको अवस्थामा भने वैकल्पिक रूपमा शिरविन्दु र पञ्चम वर्ण दुवै लेखिन्छ । जस्तै— अंक÷अङ्क÷अङ्क, शंख÷शङ्ख÷श◊, गंगा÷गङ्गा÷गङ्गा, संघ÷सङ्घ÷सङ्घ आदि ।
ग. य देखि ह सम्मका वर्ण (य, र, ल, व, श, ष, स, ह) भन्दा पहिले भने शिरविन्दु मात्र लेखिन्छ । जस्तै— संयम, संलग्न, संवाद, संविधान, संशय, संस्कृत, संस्कार, सिंह, संहार आदि ।
घ. अन्य भाषाबाट आएका, तद्भव र झर्रा शब्दमा शिरविन्दु दिइ“दैन, उच्चारण अनुरूप पञ्चम वर्ण नै लेखिन्छ । जस्तै— हम्कनु, चम्किलो, चम्चा, गम्छा, सम्धी, सन्चो, बिसन्चो, लन्डन, टेन्डर आदि ।
अपवाद ः अंग्रेजी÷अङ्ग्रेजी आदि ।
९. क. डिकोभन्दा माथि मात्रा नभएको स्थितिमा चन्द्रविन्दु लेखिन्छ । जस्तै— त“, कहा“, जहा“, यहा“, गए“, खाए“, छाया“, दाया“, बाया“ आदि ।
ख. डिकोभन्दा माथि मात्रा वा रेफ भएको स्थितिमा भने चन्द्रविन्दुको सट्टा शिरविन्दु लेखिन्छ । जस्तै— भनें, गरें, बैंस, सधैं, ढोंग, मानौं, हजारौं, गर्छौं, झार्छौं, कहीं, त्यहीं, हिंड्नु, गिंड्नु, तपाईं, फर्कंदा, झर्कंदा आदि ।
१०.    एउटै महाप्राण वर्ण दोहोरिएर आएमा एउटा अल्पप्राणमा परिणत हुन्छ । जस्तै— सक्खर, सुक्खा, नत्थी,   पट्ठो आदि ।

पदयोग, पदवियोग

१.        समस्त शब्दहरू एउटै डिकोमा लेखिन्छन् । जस्तै— दाजुभाइ, दिदीबहिनी, घटीबढी, यथाशक्ति,   छात्रावास, शुभकामना, गाईगोठ, उपसचिव, नीलकण्ठ, पीताम्बर, गोडधुवा, लामपुच्छ«े, चरीनङ्ग्रे, कपडछान आदि ।
२.    क. समास भएपछि पा“च अक्षरभन्दा बढी हुने स्थिति भएमा शब्दहरू छुट््याएर लेखिन्छन् । जस्तै—        परराष्ट्र मन्त्री, प्रधान न्यायाधीश, शिष्ट परम्परा, इतिहास शिरोमणि, परराष्ट्र मन्त्रालय आदि ।
अपवाद— विश्वविद्यालय, महाविद्यालय आदि ।
ख. व्यक्तिवाचक नाम भने अभ्यास वा प्रचलन अनुरूप यथावत् लेखिन्छन् ।
३.        एउटै काम जनाउने संयुक्त क्रियापद एउटै डिकोमा लेखिन्छन् । जस्तै— भनिसक्यो, गरिदियो, सुतिहाल्यो, आइपुग्यो, आइपुग्छ, खाइहेर्छ, जानुपर्छ, जानेछ, गएथ्यो, गर्दथ्यो, बस्तथी आदि ।
४.        छुट्टाछुट्टै काम जनाउ“दा क्रियापद छुट्याएर लेखिन्छन् । जस्तै— भनी सक्यो, गरी दियो, गए“ हु“ला, खाई हेर्छ, जाने गर्छ, गरेको छ, भनेको छ, भनेको थियो आदि ।
विशेष ः कतिपय संयुक्त क्रियापदहरू एउटा काम जनाउ“दा एउटै डिकोमा र छुट्टाछुट्टै काम जनाउ“दा छुट्याएर लेखिन्छन् । जस्तै— हुनपुग्यो, हुनपुगें, बन्नपुगे≤ भन्न हुन्छ, गर्न सक्छ, खान सक्छ आदि ।
५.    विभक्तिहरू शब्दस“ग एउटै डिकोमा लेखिन्छन् । जस्तै— ले, लाई, द्वारा, बाट, देखि, को, का, की, मा आदि ।
६.    विभक्तिवत् आउने नामयोगीहरू जोडेर वा छुट्याएर दुवै किसिमले लेख्न सकिन्छ । जस्तै— मुनि, माथि, बारे, भन्दा, स“ग, वारि, पारि, भित्र, बाहिर, तिर, सित, तर्फ, सम्म आदि ।
७.    उपर्युक्त बाहेक सबै नामयोगी र निपातहरू छुट्याएर लेखिन्छन् । जस्तै— मात्र, विना, बाहेक, समेत, अगाडि, पछाडि, सिवाय, मार्पmत÷मार्पmत्, समक्ष, अनुसार, अनुरूप, बराबर, लगायत, मुताबिक, बमोजिम, अन्तर्गत, वटा, जना, चाहिं, भैंm, नै, जसरी, जस्तो, जस्तै, समान आदि ।

http://kavyakunja.com/?p=703

==================================================================================

ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू
पदादिमा ह्रस्वः
१.       झर्रा र तद्भव नेपाली शब्दमाः जस्तै – कुकुर, पुर्पुरो, कुनो, सुकुल, गुन, घिउ, हिउँ, सिन्की, सिन्को, गुन्द्रुक आदि ।
२.       नाताबोधक शब्दमाः जस्तै – बुबा, मुमा, भिनाजु, दिदी, मितिनी, जुवाइँ, जिबा, जिमा, फुपाजु, बुहारी, आदि ।
३.       उपसर्ग वा प्रत्यय लागेका व्युत्पन्न शब्दमाः जस्तै – विरोध, उपहार, नियम, सुयोग्य, कुकर्म, निर्माण, निस्तेज, दुर्गन्ध, बुढ्याइँ, धुपौरो, सिलौटो, पुजारी, पिराहा, नुनिलो, दुधालु, भित्रिया, ढुकुवा, आदि ।
४.       मूल वा व्युत्पन्न सर्वनाम शब्दमाः जस्तै – तिमी, उनी, उहाँ, तिनी, यिनी, कुन, जुन आदि ।
५.       संख्यावाचक शब्दः जस्तै – दुई, त्रिचालीस, त्रिपन्न, उन्नाइस, उनान्सय, दुना, तियाँ आदि ।
६.       आगन्तुक शब्दमाः जस्तै – इन्जिन, डिपो, डिलर, ग्लुकोज, बुट, इनाम, किताब, उस्ताद, मुचुल्का, इस्पात, मिसन, बिगुल, लिची आदि ।
७.       धातु वा क्रिया शब्दमाः जस्तै – दिनु, लिनु, सुन्नु, हुनु, उभिनु, चिम्लनु, चुहिनु, खुस्किनु, लिन्छ, हुन्छ, बिर्सिन्छ आदि ।
८.       व्युत्पन्न वा अव्युत्पन्न शब्दमाः जस्तै – उहिले, उही, भित्र, तिर, सित, हिजो, मुनि, कुन्नि, नि, लु, चिम्म, फुत्त आदि ।
पदमध्यमा ह्रस्व
१.       झर्रा तद्भव र देशज शब्दमाः जस्तै – कमिलो, आलुचा, पटुवा, खुकुरी, माइत, मानिस, मुन्धुम, मथिङ्गल, खड्कुलो, कनिका, थुचुक्क, टाकुरो, चुकुल, रसिया, हँसिया, खोरिया, गबुवा आदि ।
२.       नाताबोधक शब्दमाः जस्तै – भतिजा, भानिज, ससुरा, भाउजू, माइजू, भाइबुहारी, सम्धिनी, देउरानी, बहिनी आदि ।
३.       उपसर्ग र प्रत्यय लागी बनेका नाम र विशेषण शब्दमाः जस्तै – अनुमान, अतिरिक्त, अधिकार, अभिमान, परिचय, प्रतिशत, विनिमय, सदुपयोग, ररिलो, लिखित, मौखिक, भरिया, बटुवा, कसिङ्गर, जिताउरी आदि ।
४.       अव्यय शब्दमाः जस्तै – अघिल्तिर, मास्तिर, यतिन्जेल, अहिले, उहिले, लेखुन्जेल, जाउन्जेल आदि ।
५.       सम्पूर्ण कृदन्त र मिलित क्रियामाः जस्तै – उभिनु, झस्किनु, टल्किनु, भनिएको, गरिसकेको, लेखिँदा, गरिने, चलिरहनु, लिइन्छ, बसिदिन्छु, गइहाल्यो आदि ।
६.       सबै आगन्तुक शब्दमाः जस्तै – तरिका, नतिजा, हाजिर, हजुर, असुल, कानुन, फाइदा, चाउमिन, पाउडर, कमिज, टेलिफोन, कार्टुन आदि ।
७.       केही संख्यावाचक शब्दमाः जस्तै – उन्नाइस, एकाउन्न, बाउन्न, पहिलो, एउटा, दुइटा, दुगुना, बाइसौँ आदि ।
पदान्तमा ह्रस्व
१.       पुलिङ्गी नाम शब्दमाः जस्तै – दाजु, भाइ, नाति, पति, गुरु आदि ।
२.       कृदन्त नु, आइ, आउ र तदितान्त आइ, याइँ, गाँसिई बन्ने भाववाची नाम शब्दमाः जस्तै – पढ्नु, लेख्नु, सोचाइ, बोलाइ, घेराउ, पक्राउ, लमाइ, मोटाइ, चतुर्‍याइँ, मुर्ख्याइँ आदि ।
३.       स्थान जनाउने नाम शब्दमाः जस्तै – बालाजु, मलेखु, कपिलवस्तु, टेकु आदि
४.       नपुंशकलिङ्गी उकारान्त नाम शब्दमाः जस्तै – आलु, छानु, घिउ, हिउँ, केराउ, उखु, मासु आदि ।
५.       परिमाणबोधक विशेषण शब्दमाः जस्तै – यति, उति, त्यति, कति, जति आदि ।
६.       उकारान्त बिशेषण शब्दमाः जस्तै – दयालु, मयालु, घरेलु, सिकारु, सिपालु आदि ।
७.       मूल अव्यय शब्दमाः जस्तै – मुनि, माथि, भोलि, पर्सि, अघि, पछि, पनि, नि आदि ।
८.       सामान्य क्रियाको अन्तिम उकारः जस्तै – जान्छु, गाउँछु, खान्छु आदि ।
९.       देखि र निम्ति विभक्ति लागेका शब्दः जस्तै – मदेखि, तिम्रानिम्ति आदि ।
१०.   अन्तमा टि, ति, धि, नि, पि, वि,षि हुने तत्सम शब्दमाः जस्तै – सृष्टि, गति, शान्ति, नीति, विधि, मुनि, प्रतिनिधि, सन्धि, ग्लानि, रवि, छवि, लिपि, कवि, कृषि आदि ।
११.   प्रथम पुरुषवाची एकवचन बुझाउने वर्तमानकालीन क्रियामाः जस्तै – गर्छु, लेख्छु, पढ्छु, बोल्छु आदि ।
पदादिमा दीर्घ
१.       दुई अक्षरले बनेको नामको पछाडि रेफ लागेको छ भने अगाडिको ईकार/ऊकार दीर्घ हुन्छः जस्तै – पूर्ण, घुर्की, कीर्ना, मूर्ख आदि ।
२.       विशेषण शब्दमाः जस्तै – पूरा, ठूलो, तीतो, बूढो, मीठो, झीनो, ठीक, तीखो आदि ।
३.       संख्यावाचक शब्दमाः जस्तै – तीन, बीस, तीस आदि ।
४.       केही तत्सम (संस्कृत) शब्दमाः जस्तै – पीडा, दूध, शीर्षक, भूमि, ईश, चीत्कार, भीषण, मीन, शून्य, सुक्ष्म, क्षीण, रीति, नीति, प्रीति, कीर्ति, वीर, जीव, जून, ईश, दीन, हीन, मूल, शूल आदि ।
पदमध्यमा दीर्घ
१.       केही नाम शब्दमाः जस्तै – अछूत, कपूर, कन्दमूल, खजूर, जासूस, पनीर, बन्दूक, मरीच, सन्दूक आदि ।
२.       ईय, ईन, ईत आदि प्रत्यय लागेका शब्दमाः जस्तै – जातीय, सम्पादकीय, केन्द्रीय, आत्मीय, नवीन, कालीन, प्राचीन, कुलीन, अतीत, व्यतीत आदि ।
३.       संख्याबाचक शब्दमाः जस्तै – चौबीस, बत्तीस, छत्तीस, चालीस, बयालीस आदि ।
४.       विध्यर्थ क्रियामाः जस्तै – बसून्, गरून्, जाऊन् आदि ।
पदान्तमा दीर्घ
१.       स्त्रीलिङ्ग नाम शब्दमाः जस्तै – छोरी, साली, स्वास्नी, गाई, भैँसी आदि ।
२.       नपुंशक शब्दको अन्तिम इकारः जस्तै – पानी, थाली, ठेकी, थैली, टोपी, फर्सी आदि ।
३.       सर्वनाम शब्दमाः जस्तै – हामी, तिमी, ऊ, उनी, आफू, कोही, तपाइँ आदि ।
४.       ईकारान्त विशेषण शब्दमाः जस्तै – धनी, नोकरी, ज्ञानी, डाक्टरी, अल्छी, आँटी, गफाडी, नेपाली, काली आदि ।
५.       ऊकारान्त विशेषण शब्दमाः जस्तै – उल्लू, बुद्दू, लद्दू, पत्रू, चालू आदि ।
६.       संख्यावाचक विशेषण शब्दमाः जस्तै – दुई, साठी, सत्तरी, असी आदि ।
७.       विध्यर्थ जनाउने क्रियामाः जस्तै – खाऊ, सुन्नू, दिनू, सम्झनू, बसूँ आदि ।
८.       सर्वनामबाट निर्मित शब्दको पछाडि आउने ‘ही’ जस्तै – यही, उही, त्यही आदि ।
९.       ‘एर’ अर्थ दिने र स्त्रीलिङ्गी क्रियाको अन्तिम ईकारः जस्तै – खाई (खाएर), पढी, आई, लेखी, बुझी आदि ।
१०.    की, री, नी विभक्ति चिन्ह लागेका शब्दः जस्तै – मेरी, तेरी, रामकी, उसकी आदि ।
११.    ‘लाई’ विभक्ति लागेका शब्दः जस्तै – मलाई, रामलाई, उसलाई आदि ।
१२.    ‘अरी’, ‘तरी’ प्रत्ययान्त र व्युत्पन्न अव्यय शब्दः जस्तै – यसरी, कस्तरी, त्यसरी, खलखली, तनतनी आदि ।
१३.    आदर, माया वा सम्बन्धबोधक स्त्रीलिङ्ग जनाउने शब्दः जस्तै – श्री, सुश्री, श्रीमती, जी, ज्यू, सानू, बाबू, उसकी, उसकी, आफ्नी, तिम्री, मेरी आदि ।
१४.    जात, थर, पेशा जनाउने शब्दमाः जस्तै – कामी, दमाई, क्षेत्री, रेग्मी, अधिकारी, पराजुली, भट्टराई, ज्यामी, व्यापारी, खेती आदि ।
१५.    स्थान र नदीको नामको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै – नारायणी, सिन्धुली, सप्तरी, लालबन्दी, मेची, द्यौलागिरी आदि ।

ली, आली, एली, यौली, अनी, अन्ती, आउटी, आरी, एरी जस्ता प्रत्यय लागेका शब्दको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै – भारतेली, पुर्ख्यौली, रत्यौली, उब्जनी, कटनी, घोकन्ती, छेराउटी, चिनारी, पोतेरी आदि ।

http://nepalibhashabyakaran.blogspot.com
============================================================================
भाषा– ना० (सं०) १. मनका भाव या विचार अरूछेउ प्रकट गर्ने सार्थक ध्वनिसमूह; वाणी; बोली । २. व्यक्तिविशेषले लेख्‍ने र बोल्ने ढङ्ग; शैली । ३. कुनै देशका बासिन्दाले बोलचाल गर्ने साहित्ययुक्त प्रचलित शब्दावली
व्याकरण– ना० (सं०) १. कुनै भाषाका शब्द, शब्दका विभिन्न रूप, तिनको संरचनाविधि, वाक्य र त्यसका विभिन्न अङ्ग तथा तिनीहरूको पारस्परिक सम्बन्ध खुट्टयाउनुका साथै शब्द, वाक्य आदिको शुद्ध प्रयोग गर्ने नियमको निरूपण गर्ने शास्त्र; शब्द तथा वाक्यसम्बन्धी नियम र उदाहरणको सङ्कलन गर्ने शास्त्र
नेपाली बृहत् शब्दकोशबाटनेपाली भाषाबारे पछिल्लो समयमा जति अन्योल बढ्दै छ, त्यतिकै मात्रामा यसलाई गौण ठानेर शून्यभावका साथ हेर्ने नेपाली भाषाभाषीहरू पनि बढ्दै छन् । यससँगै एउटा कित्तामा भाषासम्बन्धी चासो र चिन्ता लिएर आफ्नो मौलिकता र पहिचानलाई बचाउने गम्भीर समुदाय पनि एउटा कुनामा छ । कथ्य रूपमा प्रयोग हुँदाहुँदै भाषा र त्यसभित्रको व्याकरणको रूप-ढाँचा लेख्य स्तरमा उत्रिँदा कुरुप र भद्दा बनेको पाइन्छ । कथ्य प्रयोगमा केको ह्रस्व-दीर्घ र अक्षरबनोट र तिनको संरचनागत भेद – धेरैजनालाई भाषाको थोरै अदलीबदलीमै उच्चारणमा देखिनआउने अन्तरबारे हेक्का हुँदैन । कतिपय सचेत भनाउँदाहरू त केलाई भाषा भनिन्छ र केलाई व्याकरण, सजिलै लाटो बनिदिन्छन् । निर्लज्जतावश ।उच्चारणदोषलाई केही गरेर आँखा चिम्लिएर सहन खोजे पनि लेख्य रूपमा व्याकरण र वर्णसज्जाको दुर्दशा कसिंगरसरि नै बिझाउँछ । तिनलाई कुनै पनि बहानामा छुट दिन सकिँदैन । छुट दिएमा फलस्वरूप गलत प्रयोगको अभ्यस्ततासँगै त्यही नै स्थापित र मानक बन्न बेर लाग्दैन । भाषाको सही र छरितो प्रयोग गर्नु त परकै कुरा, सामान्य वर्णविन्यासमै पनि हाम्रा आँखाहरू पुग्न सकेका हुँदैनन् ।

केही समयपहिले वसन्त गौतमजीले आफ्नो ब्लगमा नेपाली भाषाबारे केही कुरा शीर्षकमा लेख्‍नुभएको गहकिलो लेखोटमा भाषाको जल्दोबल्दो मुद्दा, दुरावस्थाको बढ्दो सम्भावना र भाषागत असावधानीले विश्‍वव्यापी विद्युतीय माध्यम इन्टरनेटमा देखिएको बिजोगलाई खुलस्त पार्नुभएको छ । यसले पनि ब्लगर र अन्य पाठकीय सञ्जालमा राम्रो रन्थनीको काम गर्‍यो । मलाई पनि हाम्रो भाषामा रहेका/देखिएका यस्ता पक्षहरू निकै खटि्कएको थियो । भाषिक शुद्धताको कुरो जमघटमा उप्काउँदा धेरैजना यसलाई स्वाभाविक रूपमा ‘हो, मेरो निकै गल्ती हुन्छ’ भनेर बिना टाउको दुखाइ पेश हुन्छन् भने केही भद्रजन भने शुद्धताको कुरा मूल नभई विषयवस्तु र गुदी कुरामा जानुपर्ने तर्क राख्छन् । हो, मूल कुरा भावार्थमा कसैगरी सम्झौता गर्न सकिदैन । गिरेको घिनलाग्दो विषय लिएर जतिसुकै चिटिक्क भाषा-व्याकरण तुल्याए पनि त्यसले केही माने राख्दैन । समाजमा त त्यस्ताको उल्टो प्रतिकूल छाप पर्छ । तर भाषिक र व्याकरणगत शुद्धता बिनाको चोखो र प्रभावशाली भावधारा पनि जग बिनाको घरसरह हुन्छ । अझ, छँदाखाँदाको मीठो भाषा छाडेर बाउँठो बाटो लाग्नु त भएको खुट्टा नटेकेर बैशाखीको सहारा लरखराउनु बराबर हो । भावको सौन्दर्यमै त्यस्तो फोकाफोकीले हीनताबोध थप्छ र सिङ्गो भाषा ओरालोतिर झर्न त्यस एउटा व्यक्तिले गर्दा चिप्लेटी लहराको काम गर्छ । कुनै पनि कुरामा कमजोरी हुनु र त्यसलाई स्विकार्नु स्वाभाविक पक्ष हो भने त्यसलाई सच्याउने तदारूकता अपनाउनु आवश्यकीय पाटो हो । भाषिक त्रुटिको प्रश्‍नमा पनि दैनिक बोलचालमा भिजेको र अड्डा-अदालतमा लाई-खाई गर्ने राष्‍ट्रभाषालाई मूल मर्ममा जोगाउनु सबैको कर्तव्य हो । आफ्नै आँगनको भाषा हुनाले आज नेपाली भाषाले ‘नजिकको तीर्थ हेला’को नियति भोग्दैछ । आफ्नै भाषा आउँदैन भन्ने कमजोरी सकार्न हाम्रो अहम्‌ले पटक्कै दिँदैन । फलत: नजान्नु बन्दा जान्न नखोज्नु ठूलो समस्या भएको छ । विद्वान्‌हरूको आ-आफ्नै रटले भाषिक एकरूपताको मानक जग पनि नेपालीमा कहिल्यै बस्न सकेन । प्रज्ञा प्रतिष्‍ठानद्वारा प्रकाशित नेपाली बृहत्‌ शब्दकोषलाई वर्णविन्यास, लेख्यरूपको प्रयोगमा अहिलेसम्मकै वैज्ञानिक र मानक मानिए पनि त्यसमा पनि संस्कृतबाट जस्ताको तस्तै आएको तत्समबाहेकका शब्दमा के-कसरी व्यवहार गर्ने भन्नेमा ढुलमुले अवस्था रहेको आरोप औँलिएकै छ ।

भाषा र साहित्यको हुर्मत यस क्षेत्रमै रहेर काम गर्ने, लेख्‍ने डेढअक्कली वर्गले लिएको देख्दा कतिपय अवस्थामा त धुरुधुरु रुन मन लाग्छ । (कतिपय हामी ब्लगरहरू पनि कम छैनौँ है यस पाटोमा ! शुद्धीकरणको यात्रा सकेसम्म चाँडै थाल्नु बेस ।) अर्कोतिर नेपाली भाषाका स्वघोषित ठेकेदारहरूको एकोहोरो रट, रजाइँ र मूलधारको उपस्थिति देख्‍न पाइन्छ । तिनैले बर्सेनि पुस्तक निकालिरहेका हुन्छन् । त्यस्ता पुस्तकले भाषा र साहित्यको सेवा, सम्मान गरेर श्रीवृद्धि गर्नमा टेवा दिन्छन् कि उल्टै भाषाको बेइज्जतीपूर्ण अपमान गर्छन्, कतैबाट लेखाजोखा राख्‍ने काम हुँदैन ।यसै सन्दर्भमा जिज्ञासु नेपाली भाषाप्रेमी तथा छिपछिपे ज्ञानको पिल्साइमा परेर पनि थप नयाँ जानकारी ग्रहणमा उत्साहीहरूको लागि नेपाली भाषाको लेखाइमा शुद्ध-अशुद्ध केलाएर मीठो नेपाली लेख्‍न सहयोग पुगोस् भनी एउटा साभार सामग्री Cafe मा टाँसेको छु । व्याकरण र कोशका क्षेत्रमा काम गर्दै आएका चूडामणि गौतम (सम्वत् २०००) ले २०५३ सालमा प्रकाशन गरेको पुस्तिका ‘शुद्ध नेपाली लेख्‍ने यसरी‘ बाट यसलाई साभार गरिएको हो । नेपाली शुद्ध लेख्‍न सिक्ने २९ नियम समेटिएको पुस्तिकाको पुछारको पातोमा अनुष्टुप छन्दका ३२ श्‍लोकमा सबै नियमको सारांश निचोरेर गौतमले राखेका छन् । आशा छ, खिइँदै गएको नेपाली भाषाको लेखाइमा कवितात्मक लहरमा बुनिएका यी नियमहरू हामी धेरैका लागि थोरै भए पनि उपयोगी हुनेछ ।
—————————————–
संक्षिप्‍त नेपाली शुद्धाशुद्धि ज्ञान
(अनुष्‍टुप् छन्दमा)

पुरुष नामका अन्त्य लेखिन्छन् इ, उ ह्रस्व नै ।
जस्तै- भाइ, पनाति वा भिनाजु, बाबु ह्रस्व नै ।।१।।

नपुसंक लिंगीको अन्त्य उकार ह्रस्व हुन्छ है ।
जस्तै- आलु, पिंडालु वा गाउँको उ त ह्रस्व है ।।२।।

धातुका अन्त्यमा आउ, नु, आइ प्रत्यय भए ।
नामबाट बनेका भै आइ, याइँ अन्त्यमा भए ।।३।।

भाववाचक हुन्छन् ती अन्त्यमा इ, उ ह्रस्व भै ।
गर्नु-गराइ, दुष्ट्याइँ, सघाउनु-सघाउ झैँ ।।४।।

नपुंसक लिंगी शब्दैको अन्त्य ई दीर्घ लेख है ।
खरानी, पानी वा फर्सी, गाग्रीमा दीर्घ देख है ।।५।।

स्त्रीलिंगी शब्दका अन्त्य ई वा ऊ दीर्घ भैगए ।
बहिनी, सम्धिनी, गाई सासू, भाउजू, झैँ भए ।।६।।

पेशा र जातको अन्त्यमा हुन्छ दीर्घ ई, ऊ नै ।
जस्तै- नेपाली, ज्यापू, भो गुभाजू, घती, नाऊ नै ।।७।।

अन्त्यमा आदरार्थीका ज्यू वा जी प्रत्यय भए ।
दीर्घ हुन्छन् पिताजी झैँ मंत्रीज्यू, दाज्यू नै भए ।।८।।

तद्वित शब्दका भाव, सम्बन्धी तद्भव पनि ।
अन्त्यमा दीर्घ इ हुन्छ गरीबी, बैगुनी, खुनी ।।९।।

सर्वनाम सधैँ दीर्घ इ वा ऊ जे भए पनि ।
तपाईँ, आफू, ती, यी, ऊ मेरी, तेरी र कोही नि ।।१०।।

सर्वनामसँगै अर्को जोडे प्रत्यय शब्दमा ।
त्यो-बाट त्यस्तरी फेरि हुन्छ लौ त्यही दीर्घमा ।।११।।

विशेषण् प्रकरण् हेरी हुन्छन् ह्रस्व र दीर्घ नै ।
गुलीयो-गुलियो, मीठो वा मिठो ह्रस्व दीर्घ नै ।।१२।।

सानू, सानु, ठूलु, ठूलू, दुवै शुद्ध प्रयोग हुन् ।
प्यारमा भनिने सानो ठूलोका न यी रूप हुन् ।।१३।।

संख्याबोधकमा देख्छौँ आदि-मध्यान्त दीर्घ ई ।
तीन, बीस र पच्चीस, साठी, सत्तरी झैँ भई ।।१४।।

अन्त्यमा ई हुने स्त्री वा दुवै लिंग बुझाउने ।
गोरी, नामी, धनी, राम्री, जातीमा सब दीर्घ नै ।।१५।।

दुवै लिंग बुझाउने उ हुन्छ जब अन्त्यमा ।
ह्रस्व हुन्छ घरेलु वा दुधालु र सिकारुमा ।।१६।।

‘गरेर बक्सियो’ भन्दा लेखिन्छ गरी बक्सियो
‘गर्‍यो’को आदरार्थीमा भैहाल्छ गरिबक्सियो ।।१७।।

लेखी देऊ भने केही ‘लेखेर केही देऊ’ हो ।
लेखिदेऊ भनेदेखि ‘लेख्‍ने काम गरिदिनु’ हो ।।१८।।

लगातार बुझाएमा ह्रस्व वा दीर्घ हुने ।
बोलीरहन्छ वा बोलिरहन्छ दुईमा कुनै ।।१९।।

विध्यर्थ शब्दका अन्त्य ई वा ऊ हुन्छ दीर्घ नै ।
लेख्‍नु, आऊ, बसूँ, निक्ली, देखून्, होऔली, सप्री नै ।।२०।।

स्त्रीलिंगीका क्रिया अन्त्य हुन्छन् सदैव दीर्घ है ।
आउली, गरिथी, जाली, दिएकी थिई दीर्घ झैँ ।।२१।।

अव्यय शब्दका अन्त्य इकार र उकार छन् ।
ह्रस्व हुन्छन् अगि, पर्सि, निंति, कि, बरु छिः त झन् ।।२२।।

अरी प्रत्यय लागेर बन्ने अव्यय दीर्घ हो ।
जस्तै ‘राम्रो गरी’ बाट राम्ररी दीर्घ भैगयो ।।२३।।

अरी प्रत्ययको अर्थ दिने अव्यय दीर्घ हो ।
झलझल गरी बनाएमा झलझली दीर्घ नै भयो ।।२४।।

अर्को भाषा जब हाम्रो भाषामा मिल्न आउँछ ।
उही भाषाअनुसार तत्सम शब्द छाउँछ ।।२५।।

शक्ति, रीति, कति विन्दु, वीर, बूट, हजूरमा ।
खुशी, बुद्धि, मुताबिक यस्तै हुन्छ हुकूममा ।।२६।।

व को ब हुन्छ चल्तीमा श, ष को पनि हुन्छ स ।
वास-बास, शीतल्-सीतल, पोष-पोस त बन्दछ ।।२७।।

विभक्ति जतिका चिन्ह जोडेर लेख्‍नुपर्दछ ।
कृष्णले रामका घरमा मलाई भेट्नुपर्दछ ।।२८।।

भन्दा, चाहिं, पछि, माथि, विना इत्यादि शब्दमा ।
जोडिन्छ पद ऊमाथि, रामचाहिं, सीताविना ।।२९।।

जानेछ यसरी लेखे ‘जाला’ भन्ने बुझिन्छ नि ।
जाने छ भन्नु हो ‘कोही जानेवाला’ छ नै भनी ।।३०।।

विभक्ति चिन्ह लागेका शब्दभन्दा पछि कुनै ।
भन्दा, चाहिं, पछि, माथि आए लेख्‍नु अलग्ग नै ।।३१।।

छुट्टयाई लेख्‍नुपर्ने हो नै, जस्तो, पनि, ता, भने ।
कृष्ण जस्तो, हरि मात्र, ऊ नै, यसरी लेखिने ।।३२।।

http://dhaiba.blogspot.com
================================================================================
Loading...

One thought on “संक्षिप्‍त नेपाली शुद्धाशुद्धि ज्ञान

Leave a Reply

Your email address will not be published. Required fields are marked *