अफिसबाटै फेसबुक च्याट

इन्टरनेट, प्रविधिको विकासले यतिखेर विश्वका सबै सेवा, सुविधा र मानिस यसको घेरामा आइसके। यो विश्व नै ग्लोबल भिलेजको रुपमा इन्टरनेटको मातहत भइसकेको छ। फरक फरक काम र कारणले मानिसहरु इन्टरनेटमा आवद्ध भइसकेका छन्। इमेल र वेबसाइटमा उपलब्ध सूचना र जानकारीका लागि मात्र नभएर एक अर्कामा मित्रता र सम्बन्ध विस्तारका लागि समेत इन्टरनेटको प्रयोग हुन थालेको छ। जसका लागि विश्वका सबै भन्दा धेरै जनसंख्याले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक अहिले इन्टरनेटको नै पर्याय हुन लागेको छ। किनभने यतिखेर इन्टरनेट चलाउने अधिकांश मानिस फेसबुक चलाउँछन्। विश्वको सबै भन्दा ठूलो र कुनै पनि देशको जनसंख्यालाई माथ दिने संख्याले चलाउने सामाजिक सञ्जाल फेसबुले विभिन्न भाषा र देशमा सामाजिक सञ्जाल मञ्च उपलब्ध गराइरहेको छ।

यतिखेर उपहारका रुपमा विभिन्न चकलेट र सामान बेच्ने तयारीमा रहेको फेसबुकले प्रयोगकर्तालाई भिडियो च्याट समेत गर्ने सुविधा दिइसकेको छ। तर यसको विशेषता भनेको सबै खालका सुविधा उपभोग गर्नका लागि यसमा लगइन गर्नुपर्छ अर्थात् एउटा एकाउन्ट त हुनै पर्छ। तर धेरै अफिस, स्कुल तथा कलेजहरुमा फेसबुक नखुल्ने बनाइएको हुन्छ। जसले गर्दा फेसबुकमा अनलाइन रहेका साथीभाईका गतिविधि छ हेर्न पाइन्न। च्याटको त कुरै भएन।

विश्वका धेरै देश, अफिस र स्कुलमा फेसबुक नचल्ने बनाइएको छ। अहिले त स्कुल, अफिस र कलेजहरुले आफ्नो नेटवर्कमा फेसबुक नै नखुल्ने बनाएका छन्। यस्तो अवस्थामा फेसबुकका गतिविधि र साथीभाईसँग च्याट कुराकानी, मेसेज नछुटाउनका लागि एउटा यस्तो सफ्टवेयर छ जसले तपाइँलाई फेसबुकसँग जहाँ पनि र जहिले पनि जोडिराख्छ। जसमा च्याट गर्नका लागि तपाइँ फेसबुकमा अनलाइन हुनै पर्दैन। फेसबुकमा आफू अनलाइन नभइकन नै अनलाइन रहेका साथीसँग च्याट गर्न सकिन्छ यसको प्रयोगबाट। यो सफ्टवेयरको नाम हो चिटच्याट फर फेसबुक। जसलाई कम्प्युटरमा इन्स्टल गरेर फेसबुक रोकिएका नेटवर्कबाट पनि फेसबुक च्याट गर्न सकिन्छ। यो यस्तो मेसेन्जर हो जसले विभिन्न प्रोक्सी सर्भरको प्रयोग गरेर फेसबुक निषेध गरिएका नेटवर्कमा पनि फेसबुक च्याट गर्न सकिन्छ। त्यसो त यसमा रहेका २० भन्दा बढी किबोर्ड सर्टकटले फेसबुक च्याट भइरहेको विण्डोलाई एक क्लिकमा नै स्क्रिनबाट हटाउन सकिन्छ। फेसबुक च्याटका लागि चिटच्याट इन्स्टल साथै यसका थप सुविधा थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहोस्।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *