ह्याकरहरुको नयाँ दाउ : बन्दाबन्दै कम्प्युटरमा भाइरस

साइबर अपराधीहरुले कम्प्युटर निर्माता कम्पनीहरु विरुद्ध नयाँ लडाइँ सुरु गर्दै कम्प्युटर बन्दाबन्दै कम्पनीमै नयाँ कम्प्युटरमा भाइरस छिराइदिन सफल भएका छन् ।

कम्पनीबाट निर्माण भएर बजारमा आएका नयाँ कम्प्युटरमै भाइरस देखिएपछि यस्तो कुराको खुलासा भएको हो । माइक्रोसफ्टले गरेको अध्ययनले विभिन्न कम्पनीका नयाँ कम्प्युटरमै भाइरस देखा परेका थियो ।

यस्ता भाइरस मध्ये निटोल नामको एक भाइरस निकै खतरनाक पाइएको छ । यो भाइरस मार्फत ह्याकहरुले कम्प्युटर प्रयोगकर्ताको सबै व्यक्तिगत विवरण चोरेर बैंक अकाउण्ट समेत कब्जामा लिन सक्छन् ।

माइक्रोसफ्टका अनुसार असुरक्षित वितरण प्रणालीको फाइदा उठाउँदै अपराधीहरुले नयाँ कम्प्युटरमा भाइरस आक्रमण गर्न सफल भएका हुन् । माइक्रोसफ्टका डिजिटल अपराध अनुसन्धानकर्ताहरुले चीनबाट किनेर ल्याएका १० वटा ल्यापटप तथा १० वटा डेक्सटप कम्प्युटरमा पहिलोपटक यस्तो भाइरस फेला परेपछि साइबर अपराधीहरुको पछिल्लो हमलाको खुलासा भएको हो ।

यसैबीच एक अमेरिकी अदालतले नयाँ कम्प्युटरमा देखिएको यस्तो साइबर आक्रमणलाई निस्तेज पार्ने अधिकार माइक्रोसफट्लाई प्रदान गरेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *