How to clean Touch Screen

जमाना टचस्क्रिनको छ। फोन, ट्याव्लोइडका साथै टेलिभिजनमा समेत यो प्रविधि उपलव्ध छ। यस्तो अवस्थामा टचस्क्रिनलाई सही ढंगले सफा गरिएन भने त्यसले प्रभावकारी ढंगले काम गर्न सक्दैन। त्यसैले साधारण स्क्रिनभन्दा टचस्क्रिनको सफाइमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ।

माइक्रोफाइवर कपडाको प्रयोग

हामीमध्ये कतिपयलाई माइक्रोफाइवर कपडाको नाम नयाँ लाग्न सक्छ। यो त्यही कपडा हो, जसलाई चस्मा सफा गर्न प्रयोग गरिन्छ। यसमा साधारण कपडाभन्दा यसमा मुलायम रेशा हुन्छ, जसको घर्षणले स्क्रिनलाई कुनै हानी गर्दैन। बजारमा यो कपडा अलग्गै किन्न सकिन्छ।

पहिले स्विच अफ गरौं 

कुनै पनि डिभाइस सफा गर्नुअघि त्यसको स्विच अफ गर्नुपर्छ। टचस्क्रिन अन गरेर सफाइ गर्दा स्वतः कुनै कमान्ड एक्टिभ हुन सक्छ, जसले स फट्वेयरलाई नोक्सान पुर्‍याउँछ।

कपडाको प्रयोग

टचस्क्रिन सफा गर्दा कपडाले तल-माथि वा स्लाइड गर्ने विधि ठीक हुँदैन। जहिले पनि कपडालाई गोलो आकारमा घुमाएर सफा गर्नुपर्छ। यसले स्क्रिनमा जमेको दाग सफा गर्छ।

धेरै दबाब दिनुहुँदैन 

स्क्रिन सफा गरिरहेका बेला  धेरै दबाब दिनुहुँदैन। यसले स्क्रिन खराव हुनसक्छ। किनभने टचस्क्रिन ज्यादै संवेदनशील हुन्छ। त्यसो त स्क्रिन सफा गर्ने लिक्विड बजारमा उपलव्ध छ तर हामीले डिस्टिल वाटर पनि प्रयोग गर्न सक्छौं। कहिल्यै पनि स्क्रिनमा पानी राख्नुहुँदैन, यद्यपि कपडालाई पानीले ओसिलो बनाएर सफा गर्न सकिन्छ।

Loading...

2 thoughts on “How to clean Touch Screen

  • September 20, 2012 at 12:54 pm
    Permalink

    yo janakari malai ko lagi thanks

    Reply
    • September 21, 2012 at 8:10 am
      Permalink

      Dear Nabaraj sir ! Thanks for your comment.

      Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *