अमेरिकाको प्रभुत्वसँगै चीन र आयोजक ब्रिटेनको कथा

खेलकुदको महाकुम्भमा चीनविरुद्ध आफ्नो वर्चस्व पुनस्र्थापित गर्दै अमेरिकाले लन्डन यात्रा टुंग्याएको छ। बेइजिङ ओलम्पिकमा पदक  तालिकाको शीर्ष स्थान कायम चीनलाई बेलायती सहरमा माथ ख्वाउँदै अमेरिकाले ४६ स्वर्णसहित आधिपत्य जनाएको हो। चिरप्रतिद्वन्द्वी  चीनभन्दा ८ वटा बढी स्वर्ण जितेको अमेरिकाले २९ रजत र २९ कांस्य गरी कुल १ सय ४ पदक जित्यो।

शीतयुद्धको अन्त्य तथा रसियाको विभाजनपछि ओलम्पिकमा दबाब कायम गर्दै आएको अमेरिकाले ४ वर्षअघि चीनले देखाएको पुरुषार्थ मेट्ने  क्रममा पदक तालिकामा वर्चस्व स्थापित गर्‍यो। बेइजिङमा ५१ स्वर्ण जितेको चीन यो पटक ३८ स्वर्णमा सीमित भयो। अमेरिकाको सफलतामा  पौडी एवं एथलेटिक्सजस्ता उसका परम्परागत शक्तिशाली विधाको प्रमुख भूमिका रह्यो। जसमध्ये पौडीमा १६ र एथलेटिक्समा ९ वटा स्वर्ण  पदकको कमाइ अमेरिकाका लागि ओलम्पिक यात्राको सुनौलो पक्ष थियो। त्यसबाहेक टेनिस, सुटिङ र जिम्न्यास्टिकमा समान ३/३ स्वर्ण  पदकले अमेरिकी दबाबमा योगदान दिएका छन्। बाँस्केटबलमा महिला र पुरुष दुवैतर्फ स्वर्ण र जापानलाई हराएर महिला फुटबलमा जितेको  स्वर्ण पदकको सफलता अमेरिकाकै नाममा रह्यो। गोल्डेन ब्वाइ उपनाममा पाएका पौडीवाज माइकल फ्लेप्सले हात पारेको ४ स्वर्णले लन्डन  ओलम्पिकका सर्वाधिक ठूला उपलव्धि बनाएको छ।

चीनको ३८ स्वर्णको हकमा लन्डन ओलम्पिक उसका पुरानै स्पर्धा अगाडि रहे। डाइभिङमा सर्वाधिक ६ स्वर्ण जितेको एसियाली महारथि चीनले  ब्याडमिन्टन र भारोत्तोलनमा मात्र नभई पौडीमा समेत ५/५ वटा स्वर्ण हात पार्‍यो। त्यसबाहेक टेबुल टेनिस र जिम्न्याटिकमा ४/४ स्वर्ण  चिनियाँ उपलब्धि हो। परम्परागत शक्ति रहेका बाहेक अन्य खेलमा पदक जित्न नसक्दा चीनले ओलम्पिकमा लाल वर्चस्व कायम राख्न  नसक्नुको कारण थियो। अन्ततः २७ रजत र २२ कांस्यसहित कुल ८७ पदक जितेर ३० औं गृस्मकालीन ओलम्पिकमा दोस्रो स्थानमा रहनु नै  चीनको सफलता भएको छ।

ओलम्पिकको पदक तालिकामा फड्को मार्ने क्रममा आयोजक बि्रटेनले २९ स्वर्णसहित कुल ६५ पदक जितेर तेस्रो स्थानमा हात पारेको छ।  बेइजिङ ओलम्पिकको तुलनामा १० बढी स्वर्ण जितेको बि्रटेनले घरेलु भूमिमा साइक्लिङ ट्रयाकमा सर्वाधिक ७ स्वर्णको सफलता कोर्‍यो। बि्रटे नले एथलेटिक्स र रोइङमा ४/४ तथा बक्सिङ र इक्वेस्ट्रेनमा ३/३ स्वर्ण जित्यो। फराह मोहम्मदले ५ हजार मिटर र १० हजार मिटर दौडमा  स्वर्ण पदक जितेर घरेलु समर्थकको प्रशंसा कमाएका थिए।

शीर्ष तीन स्थान अमेरिका, चीन र बि्रटेनले कब्जा गर्दा चौथो स्थानमा रहेको रसिया एथलेटिक्समा सर्वाधिक ८ र रेस्लिङमा ४ सहित २४  स्वर्ण जित्न सफल भयो। पाँचौं स्थानमा रहेर १३ स्वर्ण जितेर दक्षिण कोरियाले एसियाली राष्ट्रको सान कायम राख्यो। ओलम्पिकको पछिल्लो  संस्करणमा फितलो देखिएका जर्मनी र फ्रान्सले समान ११ स्वर्ण जितेका छन्। यद्यपी १९ रजत र १४ कांस्यसहित कुल ४४ पदक जितेर जमर् नी छैटौं स्थानमा कायम छ।

कुल ३ सय २ स्वर्णको प्रतिस्पर्धामध्ये इटाली र हंगेरीले ८/८, अस्ट्रेलिया, जापान र काजाकिस्तानको नाममा ७/७ तथा युक्रेन र ने दरल्याण्डले ६/६ स्वर्ण जितेका छन्। क्युवा र न्युजिल्यान्डले ५/५ स्वर्ण जित्दा अन्य ४ देशले ४-४ स्वर्णका उपलव्धि हात पारेका छन्। त्यस्तै,  ६ वटा देशको सफलतामा ३/३ स्वर्ण पदक रह्यो। २३ राष्ट्रले १/१ स्वर्ण जित्दा ९ वटा देशले २/२ स्वर्ण हात पारेका छन्। स्वर्ण पदक  नजितेपनि ३१ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् जसमध्ये २० राष्ट्रले रजत र कांस्य दुवै पदक जितेका छन् भने ११ राष्ट्रको  नाममा कांस्य पदक मात्र छ।

लन्डन ओलम्पिक खेल्न पुगेका २ सय ४ देशमध्ये ७९ देशले मात्र पदक सूचीमा नाम लेखाउनसके। व्यक्तिगत सफलतामा अमेरिकी पौडीवाज  माइकल फ्लेप्सले ४ स्वर्ण र २ रजतसहित सर्वाधिक ६ पदक जितेका छन्। त्यस्तै, महिलातर्फ फ्रान्कलीन मिसीले ४ स्वर्ण र १ कांस्यसहित ५  पदक जितिन्। त्यसबाहेक जमैकन धावक उसेन बोल्टसहित ४ खेलाडीको नाममा ३/३ स्वर्ण पदक परेको छ।

२६ खेलका ३६ वटा स्पर्धामा १० हजार ४ सय ९० खेलाडी सहभागी रहेको लन्डन ओलम्पिकमा पौडी, साइक्लिङ, आर्चरी, सुटिङ, भारोत्तोलन  आदिमा गरी ३८ वटा विश्व कीर्तिमान रचिएको छ। बेलायतको वैभवशाली संस्कृतिको पृष्ठभूमिमा ओलम्पिक सहभागिताको दृष्टिले  क्यानाडाका इयान मिलरको कथा रोमाञ्चक बन्न पुगेको छ। घोडाचढीका यी ६५ वर्षीय मिलरले १० औं पल्ट ओलम्पिक खेलेर इतिहासमा  नाम लेखाएका हुन्। लगातार ४० वर्षदेखि ओलम्पिक खेल्दै आएका मिलरले सन् १९७२ मा म्युनिख बाट आफ्नो ओलम्पिक यात्रा प्रारम्भ  गरेका थिए।

एजेन्सीको सहयोगमा

आकर्षक समापन, रियोमा भेट्ने वाचा

आकर्षक सुरुवातसँगै लन्डन ओलम्पिकको उद्घाटन भएको थियो, समापन समारोह पनि कुनै अर्थमा कम रहेन। तीन घन्टा लामो समापन  समारोहमा बेलायती संगीतका तीन पुस्ताका हस्ती देखापरे- स्पाइस गल्र्स, जर्ज माइकल तथा एल्बो। लन्डन ओलम्पिकका प्रमुख लर्ड कोए  पनि खुसी देखिए। उनले भने- ‘हामीले आफूमाथि सुम्पेको सबै जिम्मेवारी पूरा गर्‍यौं, त्यो पनि ठीक ढंगले।’ आधिकारिक झन्डा ब्राजिलीयन  सहर रियो डी जेनेरियोलाई हस्तान्तरण गरेपछि लन्डन ओलम्पिक औपचारिक  समाप्त भएको थियो।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक रग्सले ३० औं ग्रीष्मकालीन लन्डन ओलम्पिक-२०१२ समाप्त भएको औपचारिक घोषणा गरे।  उनले भने, ‘हामी लन्डनको हाँसो, माया र समर्थन कहिल्यै बिर्सनेछैनौं। यसपल्टको ओलम्पिक पनि उत्तिकै भव्य र आकर्षक रह्यो।’

समापन समारोहमा १० हजार खेलाडी सहभागी थिए भने दर्शकको संख्या ८० हजारभन्दा बढी थियो। उनीहरूले समारोहको अन्त्यतिर  नाटकीय रूपमा ओलम्पिक ज्योति निभेको देखे र त्यसपछि एकपछि अर्को आकर्षक आतिशवाजीको रोमाञ्चक दृश्य हेरे। त्यसैले पूरा लन्डन  खुसीमा डुबेको थियो।

तीन घन्टाको समापन समारोहमा बेलायतका विशेषता झल्किने कार्यक्रमहरू प्रस्तुत भए। यसपल्टको लन्डन ओलम्पिकका क्रममा कुल ४४  विश्व कीर्तिमान बने, ओलम्पिक कीर्तिमानको संख्या भने १ सय १७ रह्यो।

अब सन् २०१६ मा रियो डि जेनेरियोमा ३१ औं ग्रीष्मकालीन ओलम्पिक हुनेछ। लन्डन ओलम्पिकमा जति भेला भएका थिए, धेरैको वाचा  थियो, अब रियोमा भेट्नेछौं। ब्राजिलले पनि उत्तिकै भव्य र सफल रूपमा ओलम्पिकको आयोजना गर्ने वचन दिएको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *